निश्चलसँग दिपक–दीपाको सहकार्यको फेरी चर्चा - Pahilo Online

निश्चलसँग दिपक–दीपाको सहकार्यको फेरी चर्चा

writer

लुट चलचित्र निर्देशनबाट चर्चामा आएका निर्देशक निश्चल बस्नेतले चलचित्र निर्देशन बाट विश्राम लिएको केहि वर्ष भयो । उनी, राम्रो कथाको खोजीमा लागीरहेका छन् । केही समय अगाडि निर्देशक बस्नेत र कलाकार तथा निर्माता दिपकराज गिरीको सहकार्यको चर्चा पनि चलेको थियो । दुबैले एउटा चलचित्रमा काम गर्ने तयारी गरेपनि त्यो पुरा हुन सकेन ।

तर, यतिबेला फेरि दिपकराज र निश्चलको सहकार्यको चर्चा सुरु भएको छ । केही दिन अगाडि दिपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का र निश्चल बस्नेतले भेटघाट गरेपछि यो चर्चा सुरु हुन थालेको छ । यो बिषयमा अनलाइनखबरसँग कुरा गर्दै दिपकले भने–‘हामीले चलचित्रमा सहकार्य गर्ने बिषयमा नै भेटघाट गरेका भने होइनौ । तर, भेटघाटका क्रममा सहकार्य गर्नुपर्छ भन्ने छलफल भने भएको छ ।’ कोभिडपछि उत्पन्न परिस्थितीले चलचित्र क्षेत्रमा मेकरहरुविच सहकार्यको आवश्यकता छ । दिपकले आफू र निश्चलविच यो बिषयमा कुरा भएको बताए ।

केही समय अगाडि पनि सहकार्यको कुरा भएपनि पुरा हुन नसकेको भन्दै दिपकले निश्चलसँग सहकार्य हुन सक्ने संकेत गरेका छन् । दिपकराज गिरी र उनको टिमले चलचित्र ‘छ माया छपक्कै २ र छक्का पन्जा ४’ को तयारी गरिरहेको छ भने निश्चल पनि नयाँ चलचित्रको तयारीमा लागेको वुझिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes