क्यान्सर पीडित सर्मिलालाई आर्थिक सहयोग जुट्दै - Pahilo Online

क्यान्सर पीडित सर्मिलालाई आर्थिक सहयोग जुट्दै

writer

रामकुमारी राई

शनिश्चरे । मोरङको पथरीशनिश्चरे– ४, स्थित बालकल्याण आधारभूत स्कुल छेउकी क्यान्सर पीडित १७ बर्षिय भद्रकुमारी(सर्मिला) बस्नेतको उपचारका लागि सहयोग जुट्न थालेको छ । विगत ७ महिनादेखि मलदुवारमा क्यान्सर भइ उपचाररत १७ बर्षिय भद्रकुमारी(सर्मिला)को सहयोगार्थ देश, विदेशमा रहेका नेपालीहरुबाट १ लाखभन्दा बढी सहयोग जुटेको हो ।

क्यान्सर पीडित बस्नेतका परिवारले घरमै पत्रकार सम्मेलन गरी आर्थिक सहयोग गरिदिन अपिल गरेपछि उक्त रकम संकलन भएको भद्रकुमारी (सर्मिला) बचाउ अभियान समितिका संयोजक राजकुमार विश्वर्कमाले जानकारी दिए । सहयोगी दाताहरुमा स्थानीय व्यक्ति, सर्मिला अध्ययनरत विद्यालय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरु रहेका छन् ।

१७ बर्सिय भद्रमाया बस्नेत(सर्मिला)को उपचारार्थ हाल वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहेका धनबहादुर खापुङ(लिम्बू)ले १० हजार रुपैयां सहयोग गरेका छन् । क्यान्सर पिडित सर्मिला अध्ययनरत सिंहवाहिनी माविका शिक्षक, कर्मचारीबाट ४६ हजार ५०० रुपैयाँ, बलराम सुवेदीद्वारा खडा गरिएको अक्षय कोषमार्फत् सुमन मेवाहाङ राईको संयोजनमा १८ हजार रुपैयाँ र प्रतिभा समाज सुधार युवा क्लब र वी १६ फुटबल क्लबको संयुक्त आयोजनामा संचालन भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा दुवै क्लबको सक्रिय सहभागितामा विद्यार्थी र आयोजक क्लबका स्वम् सेवकहरुद्वारा पानी बेच्ने अभियान मार्फत् संकलन भएको १० हजार १९० रुपैयाँ सर्मिलाको उपचारका लागि हस्तान्तरण गरिएको छ ।

भद्रकुमारी (सर्मिला)को उपचार को लागि हाल वैदेशिक रोजगारीको शिलशिलामा फिनल्यान्डमा रहेका नितेश पोखरेलले १० हजार, मलेसियामा रहेका गोबिन्द थापाको नेतृत्वमा बिमल राना र अमृत सुनार लागायतले १२ हजार ४६० रुपैयां सहयोग गरेका छन् । यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका राजु राईले ५ हजार ५०० सहयोग गरेका छन् । सहयोगी दाताहरुलाई भद्रकुमारी(सर्मिला)बचाउ अभियान समितिको तर्फबाट संयोजक राजकुमार विश्वकर्माले धन्यवाद व्यक्त गरेका छन् ।

भद्रकुमारी (सर्मिला)लाई विरामी भएपछि सुरुमा आयुर्वेदीक पसलमा लगियो । आयुर्वेदीक पसलले पायल्स भनिदिएर ढेड महिना दवाई ख्वाईयो त्यस पछि दिसा बन्द भयो । दिशा बन्द भएपछि विराटनगरको संजीवन हस्पिटलमा लगेर उपचार गरे । संजीवन हस्पिटलमा भिडियो एक्सरे, एमआरआई गरेपछि रोग पत्ता लाग्यो । रोग पत्ता लागे पछि हस्पिटलले धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) रेफर गरिदियो ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाले क्यान्सर भनेर पत्ता लगायो । धरानबाट झापाको विएनसी हुदै फेरी धरानको घोपामा अपरेसन गरेको पीडितका बुबा उद्धब बहादुर बस्नेतले गहभरी आँसु झारदै बताए । उनले विहे गर्ने उमेरमा छोरीलाई भयानक रोग लागेकोले यसको थप उपचारको लागि सबैले सहयोग गरिदिन आग्रह गरेका छन् । उनि पथरीशनिश्चरे–१० को सिंहवाहीनि माविमा कक्षा १०मा अध्ययनरत हुन् ।

क्यान्सर पीडितका आमा टंकमाया बस्नेतका अनुसार अहिले सम्म आफ्न्त र छरछिमेकमा ऋण गरेर ११ लाख खर्च भैसकेको छ । डाक्टरले पैसा भए छोरी निको हुने आसवासन दिएपछि हामीले सहयोग उठाएर छोरीको थप उपचार गर्ने निर्णय गरेर सहयोगको हात फैलाएको बताए । उनले छोरी निको पार्न सबैले सहयोग गरिदिन आग्रह गरेका छन् ।

राजकुमार विश्वर्कमाको संयोजकत्वमा ५ सदस्य भद्रकुमारी(सर्मिला)बचाउ अभियान समिति गठन भएको छ । समितिका संयोजक राजकुमार विश्वर्कमाले सवैमा सहयोगको अपेक्षा गरेको बताए । सहयोग गर्न चाहने मनकारीले क्यान्सर पीडितको बुबा उद्धब बहादुर बस्नेतको फोन नं. ९८२७३३१२०८ वा एनआईसि एसिया बैंक खाता नं. ४८७०१९०४०४५३४०१ मा आर्थिक सहयो रकम पठाउनु सक्नु हुने छ ।

हाल वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहेका धनबहादुर खापुङ(लिम्बू)
हाल वैदेशिक रोजगारीको शिलशिलामा फिनल्यान्डमा रहेका नितेश पोखरेल
हाल वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका गोबिन्द थापा
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका राजु राई

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes