लकडाउनको घोषणा भएसँगै फ्रान्समा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम - Pahilo Online

लकडाउनको घोषणा भएसँगै फ्रान्समा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम

writer

फ्रान्स । फ्रान्समा दोस्रो चरणको लकडाउनको घोषणा भएसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ । आजदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको छ ।

फ्रान्समा पछिल्लो दिनयता कोरोना सङ्क्रमितसँगै ज्यान गुमाउनेको दर बढ्दै गएको छ । त्यहाँ हिजोमात्रै साढे ४७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र २ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । दोस्रो चरणको लकडाउन लागू भएसँगै फ्रान्सका स्थानीयले अतिआवश्यक नपरि घरबाहिर निस्कन पाउने छैनन् । (उज्यालोअनलाइन)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes