सचिव चौरसीयाले न्याय पाउनुपर्ने नेकपाका अध्यक्षद्वयसंग माग : नेकपा मोरङ जिल्ला सदस्य राजबंशी - Pahilo Online

सचिव चौरसीयाले न्याय पाउनुपर्ने नेकपाका अध्यक्षद्वयसंग माग : नेकपा मोरङ जिल्ला सदस्य राजबंशी

writer

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मोरङ जिल्ला सदस्य एवम् कानेपोखरी गाउँपालिका पार्टी सचिब मनोज कुमार राजबंशीले विन्दवासिनी गाँउपालिका सचिव मुकेश चौरसीयाको घटनामा संलग्न दोषिलाई उम्कन दिन नहुने जनाएका छन् । नेकपा कानेपोखरी सचिब राजबंशीले झडपलाई रोक्न पुगेका चौरसीया माथी निर्भम तरिकाले कुटपिटले मृत्यु भएको भन्दै छानबिन गरी दोषिलाई कारवाही माग गरेका छन् । उनले मृतक चौरसीयाको चिरशान्तिको कामना गर्दै झडपमा परि घाईते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

चौरसीयाको घटनामा सलंग्न दोषि भएकालाई तत्काल सत्यतथ्य बुझि कडा भन्दा कडा कारवाही माग गरेको बताए । उनले चौरसीया घटनामा संलग्न जो सुकै भएपनि कुनैपनि बहानामा उम्कन नपाईने बताएका छन् । बिहीवार पर्साको बिन्दबासिनी गाँउपालिका ५ प्रसौनीभाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

बिहीवार दिउँसो १२ बजे विन्दावासनी गाँउपालिका शपथ ग्रहण कार्यक्रममा झडप हुदाँ ८ जना घाइते भएको थिए । जसमा ४ जना उपचार गरी घर फर्केका छन् । मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसीयाको वीरगन्जको एल.एस न्युरो अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

राजबंशीले यस घटनाको दोषि जो भएपनी तत्काल सार्वजनिक गरि कारबाही गर्नुपर्ने, यस बिषयमा गम्भीर हुनुपर्ने नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपि शर्मा ओलि, साथै पार्टी सचिवालय सदस्य एवम् गृहमन्त्री राम बहादुर थापा एवम प्रदेश नम्बर २ पर्सा जिल्ला कार्यालयलाई यस घटनाको बारेमा ध्यानाकर्षण गराउन चाहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्तलाई यस घटनाको दोषि पहिचान गरि मुद्दा दर्ता गरि कार्वाही अघि नबढाएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes