रुसले निर्माण गरिरहेका कोभिड १९ विरुद्धको खोप भारतले पनि परीक्षण गर्ने - Pahilo Online

रुसले निर्माण गरिरहेका कोभिड १९ विरुद्धको खोप भारतले पनि परीक्षण गर्ने

writer

भारत । रुसले निर्माण गरिरहेका कोभिड १९ विरुद्धको खोप भारतले पनि परीक्षण गर्ने भएको छ । कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गर्ने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भारतका एक सय जना स्वयंसेवकहरुमा यो खोपको परीक्षण गरिने भएको हो। उक्त खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको अधिकारीहरुले जानकारी दिएका छन् । यो परीक्षण दोस्रो चरणको हुने छ । उक्त स्पतनिक भी नामको रुसले निर्माण गरेको खोपको परीक्षणका लागि भारतले अनुमति दिएको र त्यसपछि यसको अर्को अर्थात् तेस्रो चरणको परीक्षण गरिने बताइएको हो।

भारतको ठूलो फर्मास्युटिकल कम्पनी डा रेड्डीज ल्याबरेटोरिजले भारतमा सो खोपको परीक्षण गर्न पाउने गरी गत हप्तामात्र अनुमति पाएको बताइएको थियो। सोही अनुरुप तयारी भएको हो । तर त्यो परीक्षणको समयको समयको बारेमा भने अहिले नै निश्चित भएको छैन। अधिकारीहरुले उक्त परीक्षण भारतमा चाँडै नै हुने बताएका छन्। भारतमा यहाँका एक सय जना स्वयंसेवीमा यो खोपको परीक्षण गरेपछि यसको तेस्रो क्लिनिकल ट्रायल अर्थात् तेस्रो पटकको परीक्षण हुने बताइएको छ। भारतमा सो खोपको परीक्षण गर्न अनुमति पाएको डा रेड्डीज ल्याबरेटोरिजले बताएअनुसार यहाँ अबका केही दिनमा एक सय जनामा यो दोस्रो चरणको परीक्षण गरिने छ।

त्यस्तै अर्को अर्थात् तेस्रो चरणको परीक्षण भने एक हजार ४ सय जनामा गरिने पनि बताइएको छ। यसको दोस्रो चरणको परीक्षण पछि विज्ञहरुले यसको असर र प्रभावकारिताको विश्लेषण गर्नेछन् । त्यसपछि मात्र तेस्रो चरणको परीक्षण गरिने सो कम्पनीले जानकारी दिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes