अफगानिस्तानमा जम्मा भएका मानिसको भिडमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गयो - Pahilo Online

अफगानिस्तानमा जम्मा भएका मानिसको भिडमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गयो

writer

अफगानिस्तान । अफगानिस्तानमा भिसाका लागि आवेदन दिन जम्मा भएका मानिसको भिडमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । अफगानिस्तानको पूर्वी नाङ्गरहार प्रान्तमा पाकिस्तान जानका लागि भिसा लिने क्रममा बुधबार एक स्टेडियममा जम्मा भएका अफगानी नागरिकको भिडमा भागदौज मच्चिँदा कम्तीमा ११ महिनासहित १५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

गर्भनर अताउल्लाह खोग्यानीले भागदौडका क्रममा अन्य १३ जना घाइते भएका छन्, तीमध्ये धेरै महिला नै छन् । उनका अनुसार ज्यान गुमाउनेमा धेरै वृद्ध व्यक्ति थिए । बर्सेनि धेरै सङ्ख्यामा अफगानीहरु आफन्त भेट्न, उपचार गर्न, रोजगारी खोज्न र आफ्नो देशमा चलिरहेको द्वन्द्वबाट बच्न पाकिस्तान जाने गरेका छन् ।

‘दुर्भाग्यवश यो बिहान स्टेडियममा १० हजारभन्दा बढी मानिस उपस्थिति हुँदा अप्रिय घटना हुन पुग्यो’, गभर्नर अताउल्लाह खोग्यानीले समाचार संस्था एएफपीसँग भने । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सात महिनापछि पाकिस्तानले भिसा आवेदन खुला गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes