पशुपालक कृषकलाई ५ थान निःशुल्क कुटी काट्टने मेशिन वितरण - Pahilo Online

पशुपालक कृषकलाई ५ थान निःशुल्क कुटी काट्टने मेशिन वितरण

writer

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नंं.–६ ले वडाका पशुपालक कृषकहरुलाई निःशुल्क कृषि औजार वितरण गरेको छ । पशुपालन गरी जिवीकोपार्जन गर्दै आएका कृषक समुह र व्यवसायीलाई चाप् कट्हर (कुटी काट्टने मेशिन) १ लाख ५० हजार मुल्य वरावरको ५ थान मेशिन वितरण गरेका हुन ।

वडाका कृषकहरुलाई व्यवसायीक पशुपालन तर्फ आकर्षण गर्न औजार वितरण गरीएको वडाध्यक्ष पौड्ेलले बताउदै चालु बर्ष वडाले कृषीपालन अन्र्तगत एक लाख ५० हजार बिनीयोजन गरेको र आगामी बर्ष बजेटमा बृद्धि गर्ने बताएका छन । यस बर्ष वडाका थापा बहुउेश्यीय कृषी फर्म, हाम्रो कृषी फर्म, पदम रिजाल, बासुदेव तिम्सीना र गिता भण्डारीलाई जनही ३० हजार मुल्य वरावरको उक्त मेशिन निशुल्क वितरण गरीएको वडा कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes