इलामको सीमा क्षेत्र छब्बिसेमा बिओपी स्थापना - Pahilo Online

इलामको सीमा क्षेत्र छब्बिसेमा बिओपी स्थापना

writer

इलाम । नेपाल भारत सीमा क्षेत्रमा हुने चोरी निकासी र अपराध नियन्त्रणका लागि इलामको छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। शुक्रबार सूर्योदय नगरपालिका–४ को सीमावर्ती मेची बजारमा सशस्त्र प्रहरीको १७३ औं बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको हो। सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक बंशीराज दाहाल र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले संयुक्त रुपमा बिओपीको उदघाटन गरे।

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बिओपी स्थापना गरिएको जनाइएको छ। प्रजिअ सेडाईले सीमा सुरक्षाका लागि संघीय सरकारले मात्र नभई स्थानीय सरकारले समेत चासो दिनुपर्ने बताए। भारततर्फ सीमा क्षेत्रमा प्रत्येक तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को क्याम्प स्थापना गरिएएको भए पनि नेपालतर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूमि अतिक्रमण बढ्नुका वन्यजन्तुको समेत चोरी निकासी हुँदै आएको थियो।

सशस्त्र प्रहरी नायब महानिरीक्षक दाहालले स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आफू मातहतका प्रहरीलाई निर्देशन दिए। सीमा क्षेत्रमा हुने अपराधसँगै राजस्व संकलन वृद्धि गर्नका लागि सीमा इलाकाहरुमा शसस्त्र प्रहरीको बाक्लो उपस्थिति गराउने उद्देश्य अनुरुप २०७६ मंसिर ३० को मन्त्रिपरिषदको निर्णय अनुसार थप ११४ वटा बिओपी स्थापना गर्ने निर्णय गरेको थियो।

इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रमा स्थापना हुने ६ वटा स्थानमध्ये सलकपुर र समालबुङमा यसअघि नै स्थापना भएका छन्। अब चाँडै जौबारी र कालपोखरीमा बिओपी स्थापना गरिने भएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes