हिजोबाट नव दिप नकआउट फुटबलको सुरुवात - Pahilo Online

हिजोबाट नव दिप नकआउट फुटबलको सुरुवात

हिजै दुई खेल

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ को नव दिप फुटबल क्लब दहिधापले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिताको उद्धघाटनको दिन हिजो शुक्रबार २ वटा खेल भएका छ्न। पिपलडाँडा फुटबल क्लब पथरी शनिश्चरे ९ र शान्ती चोक फुटबल क्लब कानेपोखरी ७ बिच भएको पहिलो खेलमा २–० गोल अन्तरले पिपलडाँडा फुटबल क्लबले अग्रता लिएको थियो ।निर्धारित समयावधि खेलको दोश्रो हाफमा पारस मगर र बिमल तामाङले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन। त्यस्तै,दोश्रो खेल अन्तर्गत लालभित्ती फुटबल क्लब बेलबारी २ र विशाल युथ क्लब पथरी शनिश्चरे १ बिच भएको खेलमा १–० गोलको अग्रता सहित लालभित्ती फुटबल क्लब बिजयी भएको थियो।

खेलको दोश्रो हाफ अन्तर्गत बिक्रम लिम्बूले २७ औ मिनेटमा गोल गर्दै लालभित्तीलाई जित दिलाए। प्रतियोगीतालाई सफलतापुर्वक सम्पन्न गर्न खेल अघि सामान्य औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो।सो,कार्यक्रममा प्रमुख अतिथ्यता राजनीतिज्ञ देवेन्द्र लुइँटेलको रहेको थियो भने कानेपोखरी ६ काङ्ग्रेस पार्टी सभापति नेत्र थापा, स्थानीय बुद्धिजीवी भुपेन्द्र शिवाकोटीलगायतको विशेष उपस्तिथि रहेको थियो।खेललाई हौसला दिनको लागि लुइँटेलले आयोजकलाई एक थान फुटबलपनि सोही कार्यक्रममा हस्तान्तरण गरे। आज शनिबारको पहिलो खेल रमाइलो युथ फुटबल क्लबका विरुद्ध आयोजक नव दिप फुटबल क्लब र दोश्रो खेल अन्तर्गत मंगलबारे फुटबल क्लबसंग सुन्तली फुटबल क्लब भिड्दै छ्न।खेल दिउँसो २ः३० बजेबाट सुरु हुनेछ।खेलमा १८ टिमको सहभागीता रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes