झर स्रष्टाहरुको भर्चुअल भेला सम्पन्नः खनालको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन - Pahilo Online

झर स्रष्टाहरुको भर्चुअल भेला सम्पन्नः खनालको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन

writer

सुरेश कार्कि । मोरङ । साहित्यमा नयाँ र लोकप्रिय विधाको रूपमा उदाएको झरको प्रवर्द्धन गर्ने उद्देश्यले झर साहित्य प्रतिष्ठान गठन भएको छ । शिव खनाल ‘जीवम’को अध्यक्षता रहेको कार्यसमितिको उपाध्यक्षमा आर्त अकुलीन(कैलाली), महासचिवमा निरु गौतम(मोरङ), सचिवमा सुरेन्द्र शाही(बाजुरा), सह सचिवमा दीक्षा सापकोटा(पर्सा) र कोषाध्यक्षमा सविता के.सी. (बझाङ) रहेका छन् ।

केन्द्रीय सदस्यहरुमा सुरेश काफ्ले विदारक (सुनसरी), लक्ष्मीनारायण जोशी श्रेष्ठ(मोरङ), मधुसूदन प्रसाद घिमिरे(काठमाडौ), सीता पौडेल(बर्दिया), लक्ष्मी बस्याल(बर्दिया), सरिता रेग्मी(पाल्पा), अग्नि सुनुवार(सिन्धुली), समुन्द्रा शर्मा(इटहरी), केशव न्यौपाने(नुवाकोट), चन्द्रावती अधिकारी(बाँके), प्रितम खड्का(रुपन्देही), मनिषकुमार शर्मा(भक्तपुर) र रोशन पराजुली, सुनसरी रहनुभएको छ । समितिलाई पूर्णता दिन सल्लाहकार समितिको चयन, प्रदेश संयोजक, विदेश विभाग संयोजक एवम् विभिन्न विभागका संयोजक तोक्ने काम आगामी बैठकमा गरिने नवनिर्वाचित अध्यक्ष खनालले बताए ।

भर्चुअल माध्यममा भएको कार्यक्रममा राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष एवम् अग्रज साहित्यकार खगेन्द्र बस्यालले झर सम्पूर्ण नेपालीको सम्पत्ति रहेको र अन्य विधाहरुले नबोलेका कुरा झरले बोलेको कुरा बताए । त्यसैगरी साईनो बिधाका प्रवर्तक एवम् साहित्यकार छायादत्त न्यौपानेले झरले नयाँ विधाको रूपमा लोकप्रियता हासिल गरेको र नयाँ विधाहरुलाई पनि अन्य विधासँगै लैजानुपर्ने कुरामा जोड दिए ।  पाटन क्याम्पसका उपप्राध्यापक शेष पौडेलले झर काव्यविधाको एक उपविधाको रूपमा रहेको र सानो संरचनाले मस्तिष्कमा झङ्कार दिने, सुक्तिमय रचना हो भन्नुभयो । त्यसैगरी खोरिया विधाका प्रवर्तक एवम् चन्द्रगिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले झर उदार रूपमा सबै क्षेत्रलाई छुने खालको रहेको बताए । झर अभियान मार्फत विश्व दिवस एवम् राष्ट्रिय दिवसको अवसरमा विभिन्न स्रष्टाहरुले सामुहिक रूपमा झर लेखी मिडिया मार्फत हरेक दिन प्रकाशन गर्ने अभियान नौलो र महत्त्वपूर्ण रहेकोे बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बाछिटा प्रतिष्ठानका महासचिव बिष्णु भट्टराई विभु तथा स्रष्टाहरु आचार्य नारद सुदामा( अमेरिका), बालकुमार क्षेत्री(अफगानिस्तान), हेमराज चौधरी(कोरिया)ले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा देशविदेशका गरी झण्डै ३ दर्जन स्रष्टाहरुको उपस्थिति रहेको थियोे ।  झर प्रवर्तक शिव खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन स्रष्टा आर्त अकुलीनले गर्नुभएको थियोे भने स्रष्टा निरु गौतमले स्वागत मन्तव्य राखेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes