पथरी शनिश्चरेमा करदाता सेवा कार्यालय सञ्चालन - Pahilo Online

पथरी शनिश्चरेमा करदाता सेवा कार्यालय सञ्चालन

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा बुधबार बाट करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा आन्तरिक राजस्व कार्यालय विराटनगर अन्तर्गत कार्यालय खडा गरी सेवा सञ्चालनको काम प्रारम्भ गरिएको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले जानकारी दिए। अनौपचारिक कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन, ७ का अध्यक्ष कपिलमणि ढकाल सहितका जनप्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।

नगरपालिका र पथरी उद्योग वाणिज्य संघको पहलमा पथरी शनिश्चरेका साथै उर्लावारी, मिक्लाजुङ, लेटाङ कानेपोखरीका सेवाग्राहीका लागि कर सम्वन्धी काम गर्ने कार्यालय खडा गरिएको हो । वडा नम्वर १ को बुद्धचोक उत्तरमा रहेको कार्यालयमा कार्यालय प्रमुख अधिकृत कमल मैनाली सहितका ३ जना कर्मचारीबाट हाल सेवा सञ्चालन भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes