पिएल टिभी मेघा स्टारको उपाधी टेकेन्द्र गुरुङलाई - Pahilo Online

पिएल टिभी मेघा स्टारको उपाधी टेकेन्द्र गुरुङलाई

writer

पथरी शनिश्चरे । नेपालमा गायन प्रतियोगिताको आयोजना धेरै भइरहेको समयमा यसैमा सहभागी भएर गायकी क्षमता देखाई गायकी क्षेत्रमा स्थापित हुने जमात दिनहुँ बढिरहेको छ। त्यस्तै, पिएल टिभी एचडीले आयोजना गरेको पिएल टिभी मेघा स्टार गायन अनलाइन प्रतियोगिताको उपाधी मोरङ पथरी शनिश्चरे २ का टेकेन्द्र गुरुङले हात पारेका छ्न। शनिबार पथरी शनिश्चरे १ पिएल टिभी एचडीको कार्यालयमा भएको फाइनलमा गुरुङले उपाधीसंगै नगद १५ हजार रूपैयाँ, एउटा गीत रेकर्डिङ र एउटा म्युजिक भिडियो निर्माणको अवसर पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथी नगरप्रमुख दिलिपकुमार राई, कार्यक्रमको सभाअध्यक्ष पिएल टिभीका प्रबन्ध निर्देशक अनुप योन्जनले विजेतालाई पुरस्कार प्रदान गरेका थिए। समाजसेवीहरु प्रदिपकुमार राई, सुमन बि.क, भुपेन रनपहेलीलगायत कार्यक्रममा विशेष उपस्तिथि रहेको थियो। देश तथा विदेशमा रहेका २५० जना प्रतियोगी सहभागी रहेको अनलाइन कार्यक्रमको टप ५ मा काठमाडौंका सिद्धार्थ बज्रचार्य, स्मृति शेर्पा र मोरङ्का अबिशेक लिम्बू, संगिता गहतराज र टेकेन्द्र गुरुङ छानिएका थिए। कार्यक्रमको निर्णयकहरुमा वरिष्ठ संगितकार कृष्ण योन्जन, महेश ज्ञवाली र गायक रविन कङ्दङ्वा रहेका थिए।

कोरोनाको संक्रमणको बेला गायनको तवरले मानसिक तनाब कम गर्ने उद्देश्य र नवप्रतिभाको खोजीका लागि अनलाइन माध्यमबाट भएपनि कार्यक्रम गरिएको पिएल टिभीका प्रबन्ध निर्देशक अनुप योन्जनले बताए। विजेतालाई बधाई दिदै प्रमुख अतिथि राईले कला र नवप्रतिभालाई नगरले सधैं साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै यसको बिकासका लागि सम्पूर्णलाई एक्यवद्ध भएर लाग्न समेत अनुरोध गरे।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes