गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई वाग्मती प्रदेश सरकारको ३ करोड सहयोग - Pahilo Online

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई वाग्मती प्रदेश सरकारको ३ करोड सहयोग

writer

मकवानपुर । जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई वाग्मती प्रदेश सरकारले तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा एक कार्यक्रमका बीच बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोड रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गर्नुभयो । रङ्गशाला निर्माण तीव्र गतिमा भइरहेको भन्दै उहाँले खुसीसमेत व्यक्त गर्नुभएको छ । साथै उहाँले रङ्गशाला निर्माण परियोजना छिटो सक्न शुभकामना दिनुभयो । सरकारले सहयोग जारी राख्ने बताउँदै पौडेलले भन्नुभयो, ‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनू ।’

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सहयोग रकम बुझ्दै यो खुसीको दिन भएको प्रतिक्रिया दिए । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र अहिले रकम सहयोग गरेकोमा धन्यवाद दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes