आज पथरी शनिश्चरे नगरका ९ जनामा कोरोना भाइरस देखियो - Pahilo Online

आज पथरी शनिश्चरे नगरका ९ जनामा कोरोना भाइरस देखियो

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक ९ जनामा कोरोना भाइरस देखिएको छ ।कोभिड अस्पताल विराटनगरमा क्वारेन्टिनका ३ गरी ३६ जनाको स्वाब पठाएकोमध्ये २ महिला सहित ९ जनामा कोरोना देखिएको रिपोर्ट आज आएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाएका छन् ।जसमा, जनस्वास्थ्य निरीक्षक आचार्य सहित नगर अस्पतालका स्वास्थ्यकर्मी, नगरका कर्मचारी र जनप्रतिनिधि समेत परेका छन् ।यसैबीच, नगर अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना देखा परेपछि अस्पताल व्यवस्थापन समितिको आजको आकस्मिक बैठकले अस्पतालका सम्पूर्णको कन्ट्याक ट्रेसिङका आधारमा पीसीआर जाँच गरी रिपोर्ट नआएसम्म अस्पतालले सेवा प्रवाह रोकिने निर्णय गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes