आज २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि - Pahilo Online

आज २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

writer

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा ९६५ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । ९ हजार ४७४ संस्थागत आइसोलेसनमा छन्, जसमध्ये २१० जना आईसीयू र २९ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् ।
मोरङका १५० जना, सुर्खेतका १२२, रुपन्देहीका ९२, चितवनका ८३, बाँकेका ७०, मकवानपुरका ५५, दाङका २८, गुल्मीका २६, पर्साका २४, झापा, सुनसरी, काभ्रे, धादिङ र नवलपरासीका २३र२३ जना, सिराहाका २२, नवलपुरका १६, सप्तरी र दार्चुलाका १५र१५ जना, बारा र लमजुङका १४र१४ जना, सिन्धुली, कास्की र कैलालीका १३ र १३ जना, बागलुङका १२, नुवाकोट, पाल्पा र प्युठानका ११ र ११ जना तथा सिन्धुपाल्चोक, अर्घाखाँची र दैखेलका १०र१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बर्दियाका ९ जना, अछाम र डोटीका ८ र ८ जना, तनहुँ, कपिलवस्तु र कञ्चनपुरका ७र७ जना, महोत्तरी, सर्लाही र जुम्लाका ६ र ६ जना, धनुषा र बझाङका ५र५ जना, रौतहट र गोरखाका ४र४ जना, रामेछाप, म्याग्दी, कालीकोट र बैतडीका ३र३ जना, उदपयुर, तेह्रथुम, दोलखा, स्याङ्जा र रोल्पाका २ र २ जना तथा खोटाङ, ताप्लेजुङ, संखुवासभा, पर्वत र बाजुराका १ र १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes