लकडाउन अबधिमा पूर्वी नाकाबाट मात्रै ३५ करोडको तरकारी नेपाल भित्रियो - Pahilo Online

लकडाउन अबधिमा पूर्वी नाकाबाट मात्रै ३५ करोडको तरकारी नेपाल भित्रियो

कृषिमा आत्मनिर्भर भनिए पनि तरकारी र खाद्यान्नको ठूलो हिस्सा भारत तथा तेश्रो मुलुक

writer

मोरङ । नेपाल कृषि प्रधान देश भनिए पनि तरकारी र खाद्यान्नको लागि भारत तथा तेश्रो मुलुकबाट उत्पादित तरकारी र खाद्यान्न आयत गर्नुपरेको छ। कोरोनको कारण लकडाउनमा सीमा नाका बन्द भएको बेलामा पनि ठुलो मात्रामा आयत भयो। सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञामा प्रदेश १ का मुख्य दुई नाका काँकडभिट्टा र विराटनगर भन्सारबाट मात्रै यो अवधिमा साढे ३५ करोड भन्दा बढीको तरकारी नेपाल भित्रिएको छ।

यी दुई नाकामध्ये विराटनगर नाकाबाट मात्र ३२ करोड मूल्य बराबरको हरिया तरकारी भित्रिएको छ। त्यसैगरी काँकडभिट्टा नाकाबाट २ करोड मूल्यभन्दा बढीको तरकारी भित्रिएको छ। लकडाउन र निषेधाज्ञाको अवधिमा भारत तथा भुटान, पाकिस्तान, बंगलादेश लगायत मुलुकमा उत्पादित आलु, प्याज, च्याउ, टमाटर, खुर्सानी, बोडीलगायत हरियो तरकारी नेपाल भित्रिएका छन्। हरियो तरकारी आयातमा सबैभन्दा ठूलो हिस्सा भने भारतमा उत्पादित तरकारी छ। गत चैत ११ गतेदेखिको लकडाउन र निषेधाज्ञाको अवधिमा भारतबाट ठूलो परिमाणको तरकारी नेपाली बजारमा भित्रिएर नेपाली उपभोक्ताको भान्सासम्म पुगेको छ।

लकडाउन अवधिमा विराटनगर भन्सारबाट मात्र १८ करोड ६६ लाख ३ हजार ६ सय ३५ रुपैयाँ बराबरको ६ हजार १ सय १९ मेट्रिक टन आलु र प्याज आयात भएको छ। चैत्र ११ गतेदेखि साउन ६ गते सरकारले देशव्यापी रुपमा १ सय २१ दिने लकडाउन गरेको सो विराटनगर भन्सारबाट अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६ हजार १ सय १९ मेट्रिक टन आलुप्याज आयात भएको छ। लकडाउनको ४ महिना अवधिमा १० करोड ४ लाख ७६ हजार २ सय ७१ रुपैयाँ मूल्यको आलु र ८ करोड ६१ लाख २७ हजार ३ सय ६३ रुपैयाँ मूल्यको प्याज आयात भएको भन्सार कार्यालयका भन्सार अधिकृत गोपी कृष्ण उप्रेतीले जानकारी दिए। २०७५र७६ को सोही अवधिमा विराटनगर भन्सारबाट १७ करोड ४७ लाख ५२ हजार ८ सय ७२ रुपैयाँ मूल्य बराबरको ६ हजार ५ सय ५० मेट्रिक टन आलु र प्याज आयात भएको थियो। भन्सार कार्यालयको तथ्यांक अनुसार गत चैतमा २ करोड १९ लाख ६८ हजार ४ सय ७० रुपैयाँ मूल्य बराबरको ८ सय १९ मेट्रिक टन आलु र २ करोड ७३ लाख ५७ हजार ६ सय २१ रुपैयाँ मूल्य बराबरको ६ सय ९४ मेट्रिक टन प्याज आयात भएको थियो।

वैशाखमा २ करोड ६९ लाख २९ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरको ९ सय ९९ मेट्रिक टन आलु र प्याज आयात गरिएको थियो। जेठमा ६ करोड २९ लाख ८० हजार १ सय ५६ रुपैयाँ मूल्यको २ हजार ५४ मेट्रिक टन र असारमा ४ करोड ७३ लाख ६७ हजार ९ सय ४६ रुपैयाँ मूल्य बराबरको १ हजार ५ सय ५१ मेट्रिक टन आलुप्याज आयात भएको थियोे। अघिल्लो वर्ष अर्थात् ०७५र०७६ को चैतमा ६ करोड ६९ लाख मूल्य बराबरको २ हजार ५ सय २ मेट्रिक टन, वैशाखमा ४ करोड ८७ लाख मूल्य बराबरको १ हजार ८ सय ७० मेट्रिक टन, जेठमा ४ करोड ३५ लाख मूल्य बराबरको १ हजार ६ सय ४९ मेट्रिक टन र असारमा १ करोड ५४ लाख मूल्य बराबरको ५ सय २८ मेट्रिक टन आलुप्याज आयात गरिएको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। लकडाउनमा आम उपभोक्ता तथा व्यापारीहरुले पनि विशेष गरी आलु र प्याज अभाव हुने डरले खरिद पनि धेरै गरेकाले आयात बढी भएको भन्सार कार्यालयले जनाएको छ। गत चैत्र ११ देखि असार मसान्तसम्मको अवधिमा भन्सारबाट कुल ३२ करोड ५३ लाख रुपैयाँ मूल्य बराबरको आलुप्याज, गोलभेंडा, लसुन, च्याउ र अन्य हरिया सागसब्जी आयात भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ५६ लाख ५५ हजार ४ सय ७० रुपैयाँ बराबरको ७ हजार ३ सय ९० मेट्रिक टन आलु, हरियो प्याज, गोलभेडा, लसुन, काउली, बन्दागोभी, बोक्राउली, सुकेको प्याज र च्याउ सहित अन्य हरिया सागसब्जी लगायतका तरकारी आयात भएको थियो। विराटनगर भन्सारबाट चालु आर्थिक वर्षकै भदौ मसान्तसम्म भने कुल ७ करोड ३० लाख १ हजार ८ सय ६५ रुपैयाँ मूल्य बराबरको २ हजार ६ सय ६४ मेट्रिक टन आलु र प्याज आयात भएको विराटनगर भन्सार कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलले जानकारी दिइन्। त्यसबाहेक चालु आवमा १२ करोड ५२ लाख ७० हजार ५ सय ५६ रुपैयाँकोे १ हजार ९ सय ५८ मेट्रिक टन गाँजर, मुला, हरियो लसुन, सलगम, काँक्रा, गोलभेडा र अन्य ताजा सागसब्जी आयात भएको भन्सार कार्यालयले जनाएको छ। पूर्वीनाका काँकडभिट्टाको अवस्था पनि उस्तै प्रदेश १ का मुख्य दुई नाकामध्ये काँकडभिट्टाबाट पनि लकडाउन अवधिमा २ करोड ६० लाख ६९ हजार ६८३ रुपैयाँ बरावरको हरियो तरकारी नेपाल भित्रिएको छ। १ सय २१ दिने लकडाउन अवधिमा काँकडभिट्टा नाका भएर १४ लाख ४९ हजार ४५० केजी हरिया साजसब्जी र आलु नेपाल भित्रिएको कार्यालयले जनाएको छ।

तर लकडाउनभर विराटनगर भन्सारभन्दा काँकडभिट्टा नाकाबाट हरियो तरकारी नेपाल भित्रिएको परिमाण निकै कम छ। काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माका अनुसार चालु आर्थिक वर्षका दुई महिना साउन र भदौमा ८१ लाख ५१ हजार १ सय ३० रुपैयाँ बराबरको ४ लाख ५४ हजार ४३५ केजी हरियो तरकारी सो नाकाबाट नेपाल भित्रिएको छ। चालु आवको पहिलो महिना साउनमा ५४ लाख ६३ हजार ८३१ रुपैयाँ बराबरको ३ लाख ४६ हजार १५ केजी आलुसहित हरियो सागसब्जी नेपाल भित्रिएको हो।त्यसैगरी भादौ महिनामा हरियो सब्जी भारतबाट नेपाल भित्रिने क्रम केही मात्रामा घटेको छ। भदौ महिनामा २६ लाख ८६ हजार २९८ रुपैयाँ बराबरको १ लाख ४९ हजार ८२० केजी हरियो तरकारी सो नाकाबाट आयात भएको छ। पूर्वी नेपालमा दुई नाका विराटनगर र काँकडभिट्टाबाट आलु र प्याज विशेष गरी भारत तथा तेश्रो मुलुकबाट आयात हुने गरेको छ। भारतको इन्दोर, नासिक र पटनाबाट प्याज तथा भुटान, बंगलादेश र भारतको उत्तरप्रदेशबाट आलु आयात हुने गरेको छ। अहिले भने भारत सरकारले प्याजको आयातमा रोक लगाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes