वीपी प्रतिष्ठानमा फेरि एक कोरोना संक्रमितको मृत्यु - Pahilo Online

वीपी प्रतिष्ठानमा फेरि एक कोरोना संक्रमितको मृत्यु

writer

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शनिबार बिहान १ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
विराट मेडिकल कलेज मोरङबाट रिफर भएर असोज ८ गते प्रतिष्ठानमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिएका छन । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो ।
प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा ८ गते नै उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । बिरामीमा पुरोना दिर्घरोग भने कुनै नभएको प्रतिष्ठानले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes