पथरी शनिश्चरे नगरमा निःशुल्क रेविज खोप लगाउने कार्यक्रम सञ्चालनमा - Pahilo Online

पथरी शनिश्चरे नगरमा निःशुल्क रेविज खोप लगाउने कार्यक्रम सञ्चालनमा

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले विश्व रेविज सप्ताह अन्तर्गत नगरमा निःशुल्क रेविज खोप लगाउने कार्यक्रम सञ्चालन गरेको छ ।
नगरको पशुपंक्षी शाखाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र विराटनगरको प्राविधिक सहयोगमा वडा नम्वर ६ मा रहेको पशुसेवा केन्द्र मंगलबारेमा कुकुर, विरालो सहितका पशुलाई रेविज विरुद्ध निःशुल्क खोप लगाउने कार्यक्रम अघि बढाएको छ ।

‘प्राणघातक रेविज रोगलाई बुझौं, आआफ्ना घरपालुवा कुकुर र विरालोलाई रेविज विरुद्धको खोप लगाऔं र यसलाई परास्त गरौं’ भन्ने अभियान सहित असोज १२ गतेसम्म खोप सञ्चालन हुने पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए । खोप विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes