सुनसरीबाट भारत तर्फ लैजादै गरेको अवैध ८० बोरा मटर बरामद - Pahilo Online

सुनसरीबाट भारत तर्फ लैजादै गरेको अवैध ८० बोरा मटर बरामद

writer

सुनसरी । सुनसरी देवानगंज ६ बाट भारत तर्फ लैजादै गरेको अवैध ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले सोमवार देवानगंज स्थित सिमा एरियाबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नियन्त्रण पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा करिब १ लाख बराबरको ८० बोरा सेतो मटर फेला पारी बरामद गरिएको हो। बरामद गरिएको मटर, पिकअप गाडी र चालक समेतलाई आवश्यक कारबाहीको लागी सुनसरी भन्सार कार्यालय कोशी व्यारेज बुझाईएको उक्त कार्यालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes