अढाई वर्षपछि प्रदेशसभा भवन विराटनगरमा शिलन्यास - Pahilo Online

अढाई वर्षपछि प्रदेशसभा भवन विराटनगरमा शिलन्यास

writer

विराटनगर । प्रदेश सभा गठन भई अढाई वर्षदेखि जिल्ला समन्वय समितिको भननमा सञ्चालन हुदै आएको प्रदेश सभको लागि आफ्नै भवन निर्माण सुरु भएको छ। बिहीबार जिल्ला समन्वय समिति मोरङ परिसरमै नयाँ भवन शिलन्यास गरिएपछि प्रदेशसभा कहाँ रहने भन्ने विवाद अन्त्य भएको छ । तत्कालिन जिल्ला समन्वय समितिको भवनमा कामचलाउन प्रदेशसभा बैठक सञ्चालन हुँदै आएको थियो । आगामी दिनमा भने नयाँ सुविधासम्पन्न भवनमा सञ्चालन हुने अपेक्षा राखिएको छ ।

प्रदेश १ को राजधानी तोक्दा राजधानी विराटनगर भएपनि राजधानीका संरचना विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासको क्षेत्रमा रहने उल्लेख थियो । जसको कारण प्रदेशका संरचना विराटनगर रहने कि नरहने निश्चित थिएन । प्रदेशका मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभा इहटरी सार्न खोजेको आरोप लागेको थियो तर सत्यता भने त्यो थिएन ।

प्रदेशसभाका सांसदहरुले पनि राजधानी विराटनगर भएपनि संरचना अन्यत्र बन्ने बताउँदै आएकोमा प्रदेशसभा भवन शिलान्यास भएको हो । प्रदेश सरकारले विनियोजन गरेको ५ करोड रुपैयाँ बजेटमध्ये २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ लागतमा निर्माण हुने भवन शिलान्यास भएको हो । भवन शिलान्याससँगै प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभा कुन ठाउँमा रहन्छ भन्ने विवाद अन्त्य भएको बताए । बैठक सञ्चालन गर्न अहिलेको हल साँघुरो हुँदा समस्या भइरहेकोमा भवन निर्माणपछि सहज हुने बताउँदै उनले विराटनगरमा राजधानी रहेकोले प्रदेशसभा पनि यहिं रहेन निश्चित रहेको जानकारी दिए।

प्रदेश सरकारले आफ्नो लगानीमा प्रदेश सरकारका लागि पहिलो पटक भौतिक संरचना निर्माण थालेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए । प्रिफ्याबको भवन बनाउन लागिएको भएपनि यो सरकारको कार्यकालभरी यसै भवनबाट प्रदेशसभाका काम संचालन गरिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes