जापानमा योसिहिडे सुगा प्रधानमन्त्रीमा निर्वाचित - Pahilo Online

जापानमा योसिहिडे सुगा प्रधानमन्त्रीमा निर्वाचित

writer

काठमाडौं । जापानमा गत महिना स्वास्थ्यको कारण देखाउँदै सिन्जो आवेले प्रधनमन्त्रीले पदबाट राजिनामा दिएपछि संसदले नयाँ प्रधानमन्त्रीको रुपमा सत्तारुढ दलका नेता योसिहिड सुगालाई निर्वाचित गरेको हो ।

गत हप्ता आफ्ना दुई प्रतिष्पर्धिलाई पछि पार्दै पार्टीको तर्फबाट उम्मेद्वार बनेसँगै सुगा प्रधानमन्त्री निर्वाचित हुनुभएको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन् । ४६२ सदस्य रहेको जापानको तल्लो सदनमा भएको निर्वाचनमा सुगाले ३१४ मत प्राप्त गर्नुभएको छ ।

TOPSHOT – Japan’s Chief Cabinet Secretary Yoshihide Suga reacts after he was elected as new head of Japans ruling Liberal Democratic Party (LDP) at the party’s leadership election in Tokyo on September 14, 2020. – Japan’s ruling party on September 14 elected chief cabinet secretary Yoshihide Suga as its new leader, making him all but certain to replace Shinzo Abe as the country’s next prime minister. (Photo by STR / JIJI PRESS / AFP) / Japan OUT (Photo by STR/JIJI PRESS/AFP via Getty Images)

निवर्तमान प्रधानमन्त्रीका विश्वास पात्र रहेका सुगा यसअघि मन्त्रिपरिषदका मुख्य सचिव रहनुभएको थियो । नव निर्वाचित प्रधानमन्त्री सुगाले पूर्ववर्ती सरकारले अघि सारेका नीतिलाई निरन्तरता दिने बताइएको छ ।

यसअघि आवेले कायम गरेको आर्थिक वृद्धिदरलाई कायमै राख्नु सुगासामु चुनौती रहेको विपक्षी दलहरुले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण विश्वभर आर्थिक संकट आएरहेको बेला भएको नेतृत्व चयनले आगामी दिनमा जापानले अन्य देशसँग गर्ने व्यवहार र सम्बन्ध बिस्तारमा चुनौती हुने बताइएको छ । (एजेन्सी)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes