विश्वमा गत २४ घन्टामा तीन लाख बढी संक्रमित थपिए - Pahilo Online

विश्वमा गत २४ घन्टामा तीन लाख बढी संक्रमित थपिए

writer

काठमाडौं । विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घन्टामा तीन लाख सात हजार ९३० जना कोरोना संक्रमित थपिएको जनाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा देखिएको छ । भारतमा कोरोनाका ९४ हजार ३७२, अमेरिकामा ४५ हजार ५२३ र ब्राजिलमा ४३ हजार ७१८ नयाँ संक्रमित थपिएका छन् ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८० लाख नाघेको छ । जसमध्ये लगभग आधा संक्रमित अमेरिकाका छन् । यस्तै, विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ लाख १७ हजार ४१७ पुगेको छ। यसअघि, ६ सेप्टेम्बरमा एक दिनमा कोरोनाका सबैभन्दा बढी संक्रमित फेला परेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes