जुटमिलले सुरक्षा गार्डको विगत ४ वर्षदेखिको तलब दिन बाँकी - Pahilo Online

जुटमिलले सुरक्षा गार्डको विगत ४ वर्षदेखिको तलब दिन बाँकी

writer

विराटनगर । विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएको सेक्युरिटी कम्पनीले जनाएको छ । मिल अहिले संकट र विवादको भुमरीमा परेको छ । अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रा.लि.का ६ सुरक्षा गार्डको १९ लाख ५६ हजार रुपैयाँ तलब दिन बाँकी रहेको हो ।

०७१ सालदेखि सुरक्षा प्रदान गर्दै आएको उक्त सेक्युरिटी कम्पनीले आउँदो असोज १ गतेदेखि सुरक्षा गार्डको बाँकी तलब भुक्तानी नगरे सेक्युरिटी गार्ड हटाउने भन्दै जुटमिललाई पत्राचार समेत गरेको छ ।  ‘जुटमिलमा हामीले २०७१ सालदेखि सुरक्षा गार्ड उपलब्ध गराउँदै आएका हौं,’ सेक्युरिटी कम्पनीका प्रमुख व्यवस्थापक तिर्थराज घिमिरेले भने, ‘०७३ सालदेखि १ रुपैयाँ पनि गार्डले तलब पाएका छैनन्, बाँकी १९ लाख ५६ हजार पुग्यो, त्यसले असोज १ गतेदेखि हामीले सुरक्षा गार्ड नपठाउने गरी पत्राचार गरेका छौं ।’

‘यति लामो समयसम्म धेरै रकम नदिई ओलझोल लगाई फकाई तथा धम्की दिनेसमेत गरेको र पैसा दिनेतर्फ समेत चासो नदिएको हुँदा र मेरो सम्झौता अवधि समेत समाप्त भइसकेकोले २०७७ असोज १ गतेबाट त्यहाँ जुटमिलमा यस प्रा.लि.बाट सुरक्षा गार्ड नखटाइने हुँदा जानकारीको लागि अनुरोध छ,’ जुटमिललाई सेक्युरिटी कम्पनीले पठाएको पत्रमा उल्लेख छ ।

सेक्युरिटी कम्पनीले उक्त पत्रको बोधार्थ प्रदेश १ को आन्तरिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन, पर्यटन तथा उद्योग मन्त्रालय, मोरङका प्रमुख जिल्ला अधिकारी, श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानी विराटनगरलाई समेत बुझाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes