कृषि तथा पशुपालन परियोजनामा हस्ताक्षर - Pahilo Online

कृषि तथा पशुपालन परियोजनामा हस्ताक्षर

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा भूटानी शरणार्थी र स्थानीयका लागि दातृ निकायको सहयोगमा सञ्चालन हुने कृषि तथा पशुपालन परियोजनाको सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले भूटानी शरणार्थी प्रभावित क्षेत्रका लागि यसप्रकारको परियोजना सञ्चालन गर्न लागेको हो ।परियोजना सम्वन्धमा, युएनएचसीआरका दमक प्रमुख जेम्स सिल्टन मुण्डो, लुथरनका प्रादेशिक कार्यक्रम संयोजक बालकृष्ण चौधरी, पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, शरणार्थी शिविर सचिव चम्पासिंह राई र १० नम्वर वडाध्यक्ष सागर राईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

पथरी शनिश्चरे १० मा रहेका शरणार्थी र विशेष गरी सो वडाका आर्थिक विपन्न स्थानीय समुदायको जीवनस्तर सुधार गर्न ‘भूटानी शरणार्थी र स्थानीय समुदायका लागि कृषि तथा पशुपालन परियोजना’ तय भएको छ । युएनएचसीआरका मुण्डोले त्यसबारेमा जानकारी गराएका थिए । सन् २०२० को अन्त्यसम्ममा परियोजना सुरु गर्नेगरी युएनएचसीआरले १ करोड ३८ लाख ९६ हजार रुपैयाँ बजेट छुट्याएको जानकारी गराइएको छ ।
कृषक समूह निर्माण गरी खेतीका लागि आवश्यक औजार, बाख्रा, बंगुर र कुखुरा खरिद तथा तिनीहरुका लागि खोर तयार गर्ने तथा जग्गाको पहिलो वर्षको ठेक्का रकम सो बजेटबाट छुट्याइने छ । जसमा शरणार्थी र स्थानीयको बराबरी सहभागितामा बढीमा १ सय परिवार आवद्ध बनाई समूह निर्माण गरेर परियोजना अघि बढाइने छलफलमा जानकारी गराइएको छ ।सम्झौताका क्रममा बौल्दै नगर प्रमुख दिलीपकुमार राई, शिविर सचिव चम्पासिंह राई, १० नम्वर वडाध्यक्ष सागर राईले यूएनएचसीआरले शरणार्थी शिविर र नगर क्षेत्रमा पुर्याउँदै आएको विभिन्न सहयोगको प्रसंशा गर्दै यो परियोजना उत्कृष्ठ बनाउनु पर्ने धारणा राखेका थिए। परियोजनाका लागि वडा नम्वर १० र ९ मा कम्तिमा १० विगाहा जग्गा व्यवस्थापनको काम समेत भएको र टोलीले जग्गा अवलोकन समेत गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes