नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो - Pahilo Online

नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो

writer

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो भने बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको केही घण्टामा नै उनको मृत्यु भएको थियो ।

मृतकको परिवार उपचारका लागि फागुनमा नै भारतमा गएको र १३ दिनअघि मात्र फर्किएर होम क्वारेन्टिनमा बसेका थिए । उनी मधुमेह र मुटु रोगका विरामी समेत रहेका ७३ वर्षीय पुरुषामा स्वास प्रश्वासमा समस्या भएपछि धरान लगिएका थियो।यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको सँख्या ४० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै लमजुङमा २२ जना संक्रमित थपिएका छन् ।

यस्तै रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८र८ जना, तनहुँका ७, दाङका ५ तथा नवलपुर र बाराका ३र३ जनामा पनि संक्रमण पुष्टि भएको छ । झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २(२ जना तथा सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । उनीहरुमध्ये ४० जनाको निधन भएको छ भने ११ हजार ५३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५ जना डिस्चार्ज भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes