नियन्त्रीत लागुऔषध सहित ७ जना पक्राउ - Pahilo Online

नियन्त्रीत लागुऔषध सहित ७ जना पक्राउ

writer

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका ६ श्रीपुरका सुनिल कुमार मुखिया सोही स्थानका सुनिल कुमार यादब ,कोशी गाउँपालिका ६ कै बिरेन्द्र मरवैता यादब, बराहाक्षेत्र १ चतराका राजु शर्मा, वराहाक्षेत्र ९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत बिरपुरका शिबु भनिने राकेश कुमार मण्डल रहेका छन ।

हिजो दिउसो साढे १२ बजे कोशी कटान एरियाबाट को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिल कुमार मुखीयालाई नियन्त्रणमा लिइसंगै थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका हरुको साथबाट ३२६ बोतल डाईलेक्स डि.सी., स्पास्मोपोक्सिवन १८७२ क्याप्सुल र अर्को १ थान मोटरसाईकल समेत फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes