सरस्वती स्कुलमा दियाली परिवारद्धारा ५० हजारको अक्षयकोष स्थापना - Pahilo Online

सरस्वती स्कुलमा दियाली परिवारद्धारा ५० हजारको अक्षयकोष स्थापना

writer

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ मुलगाउँमा रहेको सरस्वती आधारभुत विद्यालयमा काठमाडौं कपनका सुनचाँदी व्यवसायी सुरेन्द्र दियालीले स्वर्गीय बुबाको नाममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन ।स्कूलका जेहन्दार विद्यार्थीलाई छात्रवृत्ती, शैक्षिक र खेलकुद सामाग्री खरिद गर्न दियाली परिवारले स्व. बुबाको नाममा ‘हर्कबहादुर दियाली अक्षयकोष’ स्थापना गरेका हुन ।

अक्षयकोष स्थापना गरिदिएका सुनचाँदी व्यवसायी सुरेन्द्र सरस्वती स्कूलका पुर्वविद्यार्थी समेत हुन । आफू अध्ययन गरेको स्कूलमा बुवाको नाममा जेहन्दार विद्यार्थीहरूलाई पढाइमा अभिरुची बढाउनुको साथै उनीहरूको व्याक्तित्व विकासमा थप टेवा पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताए । आउँदा दिनमा यसरी नै आफ्नो तर्फबाट स्कूललाई सहयोग गरेर अगाडि बढ्ने दियालीले बताए ।२०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको शैक्षिक गुणस्तर सुधार गरी नमुना विद्यालयको रूपमा परिचत गराउन भुतपूर्व विद्यार्थीहरूको समूह पुर्णरुपमा लागि परेका छन् । विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको स्तरउन्नतिदेखि सुधारमा लागि परेको स्कूलमा स्थापना भएको अक्षय कोषले ठूलो सहयोग पुग्ने सरस्वती आधारभूत विद्यालय भूतपूर्व विद्यार्थी संगठनका संयोजक खगेन्द्र बराइलीले बताए ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारमा भूतपूर्व विद्यार्थीको समूह लागि परेकोले सम्पूर्ण मनकारी व्यक्तिहरूलाई सहयोगको लागि भुतपूर्व विद्यार्थी समूहले सार्वजनिक रुपमा अपिल गरेको छ ।सहयोगको लागि भूतपूर्व विद्यार्थी संगठनका संयोजक खगेन्द्र बराइलीको सम्पर्क नम्बर ९८४२४६३७०३ र सचिव विजय भट्टराईको सम्पर्क नम्बर ९८४२४१४६७७ मा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes