पथरी शनिश्चरे वडा नम्बर ६ को चिस्यानकेन्द्र र वधस्थलको अनुगमन् - Pahilo Online

पथरी शनिश्चरे वडा नम्बर ६ को चिस्यानकेन्द्र र वधस्थलको अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमार्फत ६ नम्वर वडास्थित कुटोकोदाली कृषि सहकारी संस्थाको दुध चिस्यानस्थल र १ नम्बर वडामा निर्माणाधीन पशु बधस्थलको आज अनुगमन् गरिएको छ ।नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगर पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितको टोलीले ६ नम्वरको भातेगौंडास्थित चिस्यानस्थलको अनुगमन् गरेको छ ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत ७५ प्रतिशत अनुदानमा २ हजार लिटरको एउटा दुध चिस्यान मेसिन चिलिङ भ्याट र जेनेरेटर प्रदान भएको थियो । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयकातर्फबाट पशुचिकित्सक विनोदकुमार शाह, अधिकृतहरु पवित्रा दहाल र रामसागर पण्डितको समेत उपस्थितीमा अनुगमन् भएको हो ।

जसमा निर्दशनालयको १० लाख र सहकारी संस्थाको ४ लाख ६५ हजार रकममा चिलिङ भ्याट र जेनेरेटर जडान भएको संस्थाका एलबी भण्डारीले जनाउनु भयो ।निर्देशनालयकै पशुवधस्थल निर्माण सुधार कार्यक्रम अन्तर्गत १ नम्वर वडाको पथरी बजारस्थित गोसलाइनमा निर्माणाधीन वधस्थलको पनि टोलीले अनुगमन् गरेको छ।सो वधस्थल निर्माणका लागि प्रदेश सरकारको बढीमा ५० लाख तथा अन्य नगरपालिका कार्यालयको गरी ७५ लाख १४ हजार ४ सय ५१ रुपैयाँको स्टिमेट रहेकोमा ५० लाख ९३ हजार ५ सय ७९ रुपैयाँमा मादी आरकेडा कन्ट्क्सन इटहरीले ठेक्कामा निर्माण कार्य अघि बढिरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes