नेपालमा कुल कोरोना संक्रमित संख्या ११ हजार ७ सय ५५ पुग्यो - Pahilo Online

नेपालमा कुल कोरोना संक्रमित संख्या ११ हजार ७ सय ५५ पुग्यो

writer

 

काठमाडौं । नेपालमा आज ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये पुरुष १० हजार ५०६ जना र महिला १ हजार २४९ जना छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । थपिएकामध्ये १०७ जना महिला छन् भने ४८६ जना पुरुष संक्रमित छन् ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ जनाको मृत्यु भएको छ भने २ हजार ६९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज मात्र ४८ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes