कृषि कर्म नजानेर कि कृषिले नधानेर युवा पलायन? - Pahilo Online

कृषि कर्म नजानेर कि कृषिले नधानेर युवा पलायन?

writer

हिमाल दिप शंकर, मिक्लाजुङ मोरङ

असारमा धान र चैतमा मकै हाम्रो बर्षौ देखिको बाली हो। बर्खा भरी खेती गर्यो गाँउको रौनक नै अर्को हुन्छ अर्म पर्म सरसहयोग त्यो असारको हतारो खुब रमाइलो हुन्छ पीडा आफ्नै ठाँउमा छ। धान रोप्नु अघि बीउ चढाएर देवी देवता लाई सम्झेर धेरै फलाइदिनुहै भन्दै रोप्छौ तर कुनै साल पनि हाम्रो १ बिगाहा खेत मा २५ मुरी भन्दा धेरै धान फल्दै फलेन ।

मंसिरमा धान काटेर थन्क्याए पछि बडो आनन्द हुने। “भकारी भरी धान छ एक बर्षलाई ढुक्क भो’’ मेरा बा लामो सास फेर्नु हुन्छ तर मेरा बा ले कहिले पनि त्यो धानको हिसाब नै गर्नु भएन काटी कुटि २५ मुरी धानको पैतिस हजार जति हुन्छ । हुन पनि बा लाई किन हिसाब गर्नुपर्यो र? यति धान भएपछि त खुर्सानी पिसेर भएपनि एक डल्लो भात चाहि बर्षभरी परिवारलाई खुवाउछु भन्ने थियो । मेरो बढीबा ले चाहिँ आफ्नो भागको १ बिगाहा जग्गा बेचिदिनु भयो रोपनिको दुई लाख पचास हजारका दरले १३ रोपनिको बत्तीस लाख चानचुन लिनु भयो बत्तीस लाख बैंकमा राखेर व्याज ६% ले पनि एक लाख असी हजार बर्षेनी प्राप्त गर्नु हुन्छ उहाँहरु धेरै खुसी हुनुहुन्छ।

मैले मेरा बा लाई हाम्रो पनि खेत बेच्नु पर्छ भन्ने राय दिन नखोजेको होइन । बा ले दुःख सुख गरेर पढाउनु भएको र म कमर्सको बिद्यार्थी पनि भएको हुनाले ६ महिना सम्म परिवारको ५ जनाले रेख देख गर्दा मात्र पैतिस हजारको धान फलाउनु चै श्रमको अबमुल्यन जस्तो लाग्यो । त्यहि भएर अब त धान खेती मात्र हैन अरुपनि केही गर्नु पर्छ भन्ने मलाई लाग्यो।

मलाई कृषिमा नै केही फरक तरिकाले गरौ भन्ने लाग्यो यसो युट्युब तिर टमाटर सम्बन्धि भिडियो हरु हेरे यसमा पो अलि फाइदा रहेछ भन्ने लाग्यो एकदिन मैले बा लाई त्यो दुइ वटा गरामा चाहिँ टमाटर लगाउ भनेर कर गरे बा ले भन्नु भयो “अलि मलिलो भनेको त्यहि दुइ गरा छ धान पनि त्यसैमा धेरै फल्छ टमाटर सप्रिएन भनेत गाह्रो हुन्छ केटा’’ मैले कर गरे पछि बा ले मान्नु भयो।

अनि म तरहरा गए जहाँ कृषि सम्बन्धि अनुसन्धान गरिन्छ (पुर्बको कृषि अनुसन्धान केन्द्र) त्यहाँ टमाटर बिभागमा गएर एकजना सरलाई सोधे उहाँले “लगाउदा राम्रै हुन्छ’’ यसो उसो गर्नु भनेर केही टिप्स दिएर निस्कि हाल्नु भयो उहाँ अलि हतारमा हुनुहुन्थ्यो । म पनि बीउ लिएर आए टमाटर रोपियो रोपेको केही दिन पश्चात् परेको ठूलो पानीले टमाटरको नामो निसान मेटाइदियो न त प्राविधिक ज्ञान न अनुभव त्यो मलिलो दुई वटा गरा मैले बिगारी दिए त्यो साल बा लाई हम्मे हम्मे पर्यो खान पुर्याउन लाई मलाइ गाउँ समाजले भन्न थाले खाने खेतमा अनेक गरेर नबस खुरुक्क पैसा कमाउन बिदेश जा ।

राम्रो आम्दानी भए त ठिक हो । भएन अब बिदेश जा ! पैसा कमाउन बिदेश नै जानू पर्छ र ? धान खेती मासेर टमाटर लागाइस हेर के भयो तेरो बा लाई यस पटक भात खुवाउन पनि गाह्रो पर्छ त्यसैले बिदेश जा केटा बा लाई आड हुन्छ । टमाटर नफल्नु टमाटरको गल्ती होइन मेरै अनुभवको कमी हो। म बिदेश चाहिँ जान्न नेपालमा केही गर्छु भन्ने थियो यो पटक मैले बा को खेत चै मासिन बरु बा ले पालेको दुइ वटा भोका बेचेर च्याउ लगाउने निधो गरे अलि अलि तालिम नि गरेर च्याउ लगाए लगाएको २५ दिन बाट चेउ फल्न थाल्यो च्याउ मजाले फल्यो दिनमा ४०केजि सम्म तर गाँउमा च्याउनै बिकेन दिनको बल्ल तल्ल दुई तीन के.जी जान्थ्यो जति गरे पनि मैले च्याउ बेच्न सकिन । आज पनि मैले बा ले दुःखले पालेको दुई वटा भोकालाई सके ।

सायद मैले बजार लाई बुझ्न् सकिन । अब त मेरो पनि बिदेश जाने बिकल्प मात्र रह्यो बिदेशमा के हुन्छ र? म भन्दिन किनकी म मेरो फुपुको छोरालाइ हेर्छु १ बिगाहा जग्गा बाजै राखेर बिदेश गएको पाच बर्ष भयो किसान चोकमा आरसिसी घर छ, ल्यापटप, मोबाइल, टिभि, भाउजुको इस्कुटि जिन्दकी अर्को छ। दाइ खेती गर्न नजानेर बिदेश गएको होइन खेतीले नधानेर बिदेश गएका हुन्। उसले जग्गा बाजो राखेपनि बास्मती चामलको भात खाएका छन्। तर मेरो दुई वटा गरामा धान नफल्दा भात खान हम्मे हम्मे परेको छ। अनि म कस्तो कृषि कर्म गरिरहेको छु? म त यहाँ प्रतिनिधि पात्र मात्र हुँ ।

यहाँ सरकारले ल्याएको कृषि क्रान्ति कृषि बजेट कहाँ र कस्को लागि हो प्रत्येक गाउपालिका र नगरपालिका मा कृषि कार्यलय हुन्छ त्यो केका लागि? म जस्तो टमाटर रोप्दा प्राबिधिक ज्ञान र च्याउ लगाउदा बजार नबुझेर असफल हुन नपरोस न गाँउगाँउमा गएर प्राविधिक ज्ञान र बजारको अवस्थाको बारेमा प्राविधिक हरुले बुझाउन महोदय।

सरकार भन्छ कृषिमा केहि गर्नेलाई अनुदान दिन्छौ। आज गाँउघरमा बिदेश जानलाइ पैसा मागियो भने तुरुन्तै पाइन्छ तर यहि केही गर्न पैसा मागियो भने भेट्न मुस्किल छ। यहाँ ब्याजमा पैसा लिएर काम गर्दा पनि सबै काम सफल हुन्छ भन्ने छैन असफल भएमा जाने बिदेश नै हो अन्तिम विकल्प नै यहि हो भने किन अरु बिकल्प रोज्ने त ? सबैको प्रस्न यहि हो।

हिजो मेरो फुपुको छोरा कृषि ले नधानेर बिदेश गएको थियो आज म नजानेर जादै छु । सरकारले भन्ने गरेको कृषि क्रान्ति खै गाउँ घरमा त आइपुगेको छैन प्लटिङमा घर बनाए सहरमा बस्नेहरुको लागि मात्र होला । तर एउटा कुरा याद भएस् सरकार यहाँ प्रत्येक हलो जोतेर हुर्केका युवाहरुले खाडी मुलुक रङ्गिएको छ। पब्जी र फ्रिफायार खेलेर हुर्केका ले होइन त्यसैले कस्का लागि र कहाँ कृषिमा लगानी गर्नु पर्छ ध्यान जाओस्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes