नगरका २ वडामा आधारभूत स्वास्थ्य केन्द्र भवनको सिलान्यास - Pahilo Online

नगरका २ वडामा आधारभूत स्वास्थ्य केन्द्र भवनको सिलान्यास

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण कार्य अघि बढेको छ । यस क्रममा सोमबार वडा नम्वर १ का लागि आधारभूत स्वास्थ्य केन्द्रका रुपमा रहेको शहरी स्वास्थ्य केन्द्रको भवनको शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले भवनको शिलान्यास गरेका छन् । ६३ लाख रुपैयाँको लागतमा ६ कोठाको भवन बन्ने भएको हो ।

सोमबारनै, वडाध्यक्ष सागर राईमार्फत वडा नम्वर १० को आधारभूत स्वास्थ्य केन्द्र भवनको पनि शिलान्यास गरिएको छ । त्यहाँ ३२ लाखको लागतमा ४ कोठाको भवन वन्नेछ । १० वटा वडा रहेको नगरको वडा नम्वर २ मा नगर अस्पताल, ५ मा हसन्दह स्वास्थ्य चौकी र ९ मा शनिश्चरे स्वास्थ्य चौकी आफ्नै भवनमा रहेका छन् । त्यस बाहेकका वडाका लागि आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य अघि बढाइएको नगर प्रमुख राईले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes