विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो - Pahilo Online

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

writer

विराटनगर । कोरोना भाइरसका कारण विश्वमा ४ लाख भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । भाइरसका कारण ४ लाख २ हजार ९४ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिमा मात्र १ लाख १२ हजार ९६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा १९ लाख ८८ हजार ५४४ जनामा भाइरस संक्रमण भएको छ । ति मध्ये ७ लाख ५१ हजार ८५४ जना निको भएका छन् ।भाइरस संक्रमणका हिसाबले ब्राजिल दोश्रो प्रभावित मुलुक बनेको छ । त्यहाँ ६ लाख ७६ हजार ४९४ जनामा भाइरस संक्रमण भएको छ । ब्राजिलमा कोरोनाका कारण ३६ हजार ४४ जनाको मृत्यु भएको छ ।भाइरसका कारण मृत्यु हुनेको संख्याका आधारमा अमेरिका पछि संयुक्त अधिराज्य छ । त्यहाँ ४० हजार ४६५ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिल तेस्रो स्थानमा छ । इटली चौथो स्थानमा छ जहाँ ३३ हजार ८ सय ४६ जनाको ज्यान गएको छ । फ्रान्स पाँचौ स्थानमा छ । फ्रान्समा २९ हजार १४२ जनाको मृत्यु भएको छ । त्यस पछि स्पेनमा धेरैको ज्यान गएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो समय भाइरस संक्रमण तिब्र बन्दै गएको छ । यतिबेला विश्वको भाइरस प्रभावित मुलुक मध्ये भारत छैठौं नम्बरमा छ । भारतमा अहिलेसम्म २ लाख ४६ हजार ६२२ जनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ । हिजो मात्र भारतमा १० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या भने तुलनात्मकरुपमा कम देखिन्छ । भारतमा अहिलेसम्म ६ हजार ९४६ जनाको मृत्यु भइसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes