लकडाउनले सोलु करिडोरको काम १ वर्ष धकेलिने - Pahilo Online

लकडाउनले सोलु करिडोरको काम १ वर्ष धकेलिने

writer

ओखलढुंगा । मुख्य समयमा काम गर्न नपाउँदा अन्तिम अवस्थामा पुगेको सोलु करिडोर आयोजनाको काम लकडाउनका कारण एक वर्ष धकेलिने भएको छ। आयोजनाको ९० किलोमिटर क्षेत्रमा निर्माण गर्नुपर्ने ३ सय ३ वटा टावरमध्ये २ सय ५५ वटा टावर निर्माण सम्पन्न भइसकेका र आउँदो मे ३१ सम्म सम्पन्न गरिसक्नुपर्ने थियो।

लकडाउनका कारण काम ठप्प भएकाले आयोजनाको काम समयमै सक्ने अवस्था नभएको आयोजना प्रमुख जनार्दनप्रसाद गौतमले बताए। सोलुखुम्बुका केही सामुदायिक वन क्षेत्रमा मौसम अनुकूल काम गर्न सक्ने अवस्था नभएका कारण आगामी चैत मसान्तसम्ममा आयोजनाको काम सकिने उनको भनाइ छ। मे ३१ मा सक्ने गरी आयोजनाको सम्झौता भए पनि एक महिना समय थपे पनि लकडाउनले काम गर्न असहज भएको गौतमको भनाइ छ।
लकडाउनले उपकरण ढुवानी रोकिएपछि थप समस्या भएको प्रमुख गौतमको भनाइ छ।

सिराहाको मिर्चैया, उदयपुरको कटारी, ओखलढुंगा सदरमुकाम हुँदै सोलुखुम्बुको तिङ्लासम्म १ सय ३२ केभी प्रशारण लाइनको काम ८५ प्रतिशत सकिएको छ। आयोजनामा खटिएका साढे ४ सय मजदुर लकडाउनका कारण काममा निस्कन सकेका छैनन्। भारतीय कामदार भएका कारणले स्थानीयले अनावश्यक शंका गर्ने र सहजीकरण नगर्दा उनीहरु क्वारेन्टाइनमै रहेका आयोजना प्रमुख गौतमले बताए।

सरकारले ठूला आयोजनालाई काम गर्न अवरोध नगर्ने निर्णय गरे पनि आयोजनाको काम पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन। लकडाउनअघि उदयपुरको मरुवा क्षेत्र, ओखलढुंगाको केत्तुके क्षेत्र र सोलुखुम्बुको पत्ताले क्षेत्रमा काम भइरहेको थियो। आयोजनाको काम भारतीय ठेकेदार कम्पनी मोहन इनर्जी कर्पोरेशनले गरिरहेको छ। कम्पनीले आयोजना प्रमुखलाई काम गर्ने वातावरण निर्माणका लागि आग्रहसमेत गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes