ओखलढुङ्गामा १६ वर्षीया युवतीले क्वारेन्टाइनमै मृत बच्चा जन्माइन् - Pahilo Online

ओखलढुङ्गामा १६ वर्षीया युवतीले क्वारेन्टाइनमै मृत बच्चा जन्माइन्

writer

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेकी एक अविवाहित १६ वर्षे युवतीले मृत बच्चा जन्माएकी छन्। गत मंगलबारदेखि क्वारेन्टाइनमा रहेकी उनले बुधबार साँझ मृत बच्चालाई जन्म दिएकी हुन्। बुधबार २ बजेदेखि पेट दुखेको बताएकी थिइन्। बुधबार साँझ ५ बजे उनले अन्दाजी ६ महिनाको गर्भ मृत जन्माएकी मोलुङ गाउँपालिका स्वास्थ्य संयोजक वेदहरि दाहालले जानकारी दिए। मृत जन्मिएको बच्चालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको भए पनि जिल्ला अस्पतालमा डीएनए परीक्षण नहुने भएकाले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेश खड्काले बताए।

यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्न नपाएको र अस्पतालबाट जानकारी आएपछि अनुसन्धान गरिने डिएसपी खड्काले बताए। जिल्लाको मोलुङ गाउँपालिकाकै स्थानीय ती युवती कामको सिलसिलामा काठमाडौं गएकी र कामको सिलसिलामा तराईका जिल्ला हुँदै उदयपुरबाट ओखलढुंगा पुगेकी थिइन्। उक्त गाउँपालिकामा ७० जनासम्म रहन सक्ने क्षमताको दुई वटा क्वारन्टाइन बनाइएको छ। शुक्रबार मात्रै गाउँपालिकामा ३८ जनाको आरडिटी परीक्षण गरिएको थियो। कसैको रिपोर्ट पनि पोजेटिभ नदेखिए पछि हाल गाउँपालिकाका दुई वटै क्वारन्टाइन खालि रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes