वडाध्यक्षमाथिको आरोप पुष्टी गर्न नेकपाको चुनौति - Pahilo Online

वडाध्यक्षमाथिको आरोप पुष्टी गर्न नेकपाको चुनौति

writer

पहिलो अनलाइन

पथरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ नं. वडा कमिटी, पथरी शनिश्चरेले वडाध्यक्ष बाबुराम ऐङदेनमाथि निराधार आरोप लगाइएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज (मंगलबार) नेकपा वडा कमिटिले प्रेस विज्ञप्ति जारी गर्दै सुकेका रुख काटिएको भनी कुनै तथ्य सवुत विना आफ्नो पार्टीको स्थानीय नेता एवं वडा नं. १ का वडा अध्यक्ष ऐङदेनमाथि लाञ्छना लगाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पथरी शनिश्चरे–१, पूर्व बस स्टेण्डनजिकै अवस्थित धिमाल महाराज ग्रामथानको संरक्षणमा रहेका पूर्णतः सुकेका रुख काटिएको विषयमा बिना कुनै तथ्य–सत्यगत सवुत नराखी केही सञ्चार माध्यम र नेपाली कांग्रेस नगर समितिले वडा अध्यक्ष ऐङदेनमाथि लाञ्छना लगाइएको विषयप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

वडा पार्टी संयोजक भिमकुमार राई र सचिव युवराज चौलागाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ –‘रुख कटान हुनुपर्छ भन्ने हाम्रो मान्यता होइन, आवश्यकताका आधारमा वृक्षरोपण समेत गर्नुपर्छ । विभिन्न राजनीतिक सन्दर्भमा हामीले योजनाबद्ध वनको व्यापक बिस्तार एवं वृक्षारोपण समेत गर्दै आएका छौं । धिमाल महाराज ग्रामथानको निगरानीमा रहेको उक्त वन व्यवस्थापन स्वभाविक रुपमा वन मन्त्रालय, नेपाल सरकारले नै गर्ने हो ।’

वडा पार्टी कमिटिले घटनाको वस्तुस्थिति सचित्र अध्ययन होस् भनी आग्रह समेत गरेको छ । नगरको पहिलो नागरिकको रूपमा पहिचानकृत धिमाल समुदायले संरक्षण गर्दै आएको महाराज ग्रामथानको पश्चिमपट्टि दर्जनौं व्यवसायिक पसलहरू र आसपासका घर तथा मठमन्दिरका निम्ति खतरायुक्त रहेका ती रुखहरूको बारेमा जनप्रतिनिधिको उपस्थिति हुनुपहिल्यै त्यसको क्षतीबाट बच्न स्थानीय जनमतले वन कार्यालयसमक्ष पटकपकट गुहार लगाएको थियो विज्ञप्तिमा स्मरण गराइएको छ ।

‘त्ययस विषयलाई अतिरञ्जित बनाएर कोरोना भाइरसविरुद्धको लडाईं जित्ने हाम्रो अभियानलाई डाइभर्ट गर्न चाहने र हाम्रो पार्टीको नेतृत्वको सरकारले केही गर्न सकेन भनेर यसवापत दुस्प्रचार गर्ने मनशायका साथ यो विषयलाई उछालिएको विषय–प्रसंगले हाम्रो ध्यान खिँचेको छ’– विज्ञप्तिमा भिनएको छ ‘यो आफैमा गम्भीर विषय हो । यसको सुक्ष्म अध्ययन भइरहेको छ ।’

मानवीय अस्तित्व रक्षाको यो असाधारण र असामान्य बेलामा देशदुनियाँ उच्च सतर्कता अपनाउँदै अहोरात्र खटिरहेको र वडामा उक्त कार्यको नेतृत्व वडा अध्यक्षका हैसियतमा एङदेनले गरिरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ– ‘यस्तो अवस्थामा उहाँलाई रुख कटानसँग जोडेर निरुत्साहित गर्ने मनाशय प्रकट भएको प्रस्ट बुझिन्छ । सम्पूर्ण मानवजातिको सेवामुखी एउटा अपरिहार्य मिसनलाई प्रभावित हुन नदिई स्थानीय जनमत र जनचाहनाअनुसार सम्बन्धित निकायले यो विषयको व्यवस्थापन गर्न माग गर्दै यस्ता विषयमा राजनीतिक प्रतिशोध नसाँध्नुहुन सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको व्यहोरा हार्दिक अनुरोध छ ।’

वैशाख ४ गते धिमाल महाराज ग्रामथान भित्रका ३ वटा रुख काटिएको घटनामा वडाध्यक्ष एङदेनको नाम जोडेर केही सञ्चार माध्यममा समाचारहरु आएका थिए । यस्तै नेपाली कांग्रेस नगर समितिले समेत वडाध्यक्षको आदेशमा रुख काटिएको भनी आरोप लगाएर नगर प्रमुख दिपिलकुमार राई र सव–डिभिजन वन कार्यालय पथरीका प्रमुख मोहमद अलाउद्धिनलाई ज्ञापन पत्र बुझाएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes