लकडाउनको उपयोग गर्दै गुणस्तरीय समय बिताऔं - Pahilo Online

लकडाउनको उपयोग गर्दै गुणस्तरीय समय बिताऔं

writer


मुकेश पौडेल

पाठकको कलम

नेपालमा मात्र नभएर विश्वका कयौं राष्ट्रयहरू कोरोना भाइरसको संक्रमण फैलन रोक्नका निम्ति लकडाउनमा रहेका छन् । सोही लकडाउनकै कारणले आम जनजीवन प्रभावित भएको समेत पाइएको छ । यस २१औं शताब्दीमा मानिसहरूको सबै आफ्नो कार्यमा व्यस्त भइरहेको अवस्थामा लकडाउनले सम्पूर्ण कार्याहरू ठप्प भएको र मानिसहरू घरभित्र रहिरको अवस्थामा धेरै मानिसहरूलाई समय ब्यतीत गर्न गाह्रोसमेत परिरहेको छ।

अर्को्तिर दैनिक ज्याला मजदूर गरेर खाने मानिसहरूलाई जीवनयापन गर्न हम्मेहम्मे परिरहेको स्तिथि छ । सँगसँगै सम्पूर्ण काम करोबारहरू बन्द भएको कारणले देश मात्र नभई पूरै विश्वकै अर्थतन्त्र के हुने हो र कता जाने हो भन्न सकिने अवस्था पनि छैन । तर यस परिस्थितिमा रोग नलाग्न र फैलन नदिनका लागि साबधानी अपनाउन र घरभित्रै बस्न जरूरी छ ।

घरभित्रै बस्नुपरेको अवस्थामा कतिपय मानिसहरूलाई समय बिताउन गारो परिरहेको छ । विशेषगरी बालबालिका र विद्यार्थीहरू त्यसैगरी अफिसमा आफ्नो पूरा दिन बिताउने मानिसहरूलाई यसको प्रभाव परिरहेको पाउन सकिन्छ ।

धेरै विद्यार्थीहरूको परीक्षा स्थगित भएको छ र स्कूलहरू बन्द रहेकोले वालबालिकाको पढाईरोकिएको छ । जसका कारण बालबालिका र विद्यार्थीहरूमा लकडाउनको बिशेष असर परिरहेको र उनीहरूको मानसिक स्वास्थ्यलाई समेत असर पार्ने सम्भावना उत्तिकै बढिरहन सक्छ । यस अवस्थामा धेरै मानिसहरूलाई समय कसरी बिताउने भन्ने कुराले सताईरहेको छ । कतिपयको घरबाटै काम भईरहेको छ भने कतिपयको काम रोकिएकाले चिन्तित छन् ।

अहिलेको समयमा धेरै मानिसहरू इन्टरनेटमा समय ब्यतीत गरीरहेको पाइन्छ भने कतिपय केही नयाँ र केही रचनात्मक कार्यमा व्यस्त रहेको पाउन सकिन्छ । स्कूल, कलेज र विश्वविद्यालयहरूले विद्यार्थीहरूका लागि आनलाइन कक्षासमेत सञ्चालनमा ल्याएका छन् ।

यस लकडाउनको समयमा विभिन्न नयाँ, रचनात्मक एवं खोजमूलक कामहरू गरेर गुणस्तरीय समय बिताउन सकिन्छ । विशेषगरी बालबालिकाहरूमा लामो समयसम्म टीभी, इन्टरनेटको प्रयोगले तथा स्कुलहरू बन्द रहेकाले पढाई बिग्रिने तथा मानसिक असर पर्ने कुराहरू धेरै सुन्नमा आएको छन् । तसर्थ यस समयको भरपूर उपयोग गर्न सके सो अवस्था नआउने र बालबालिकाको विकाससमेत गर्न सकिन्छ ।

यस समयमा बालबालिकाले बढी रुचाउने टीभी तथा इन्टरनेटमा विशेषगरी ज्ञानगुनका कुरा र अहिले पाइने पाठ्यक्रमअनुसारको सिकाई सिकाउन सके एकदम उपयुक्त हुन जान्छ । त्यस्तै अभिवावकहरूले आफ्नो बालबालिकाहरूलाई रचनात्मक कार्य सिकाउँदै उनीहरूको पढाईमा ध्यान दिन जरूरी देखिन्छ ।

विद्यार्थीहरूले सामाजिक सञ्जाल र इन्टरनेटमा बिताइरहेको समय पनि त्यस्तै पढाई, खोज तथा रचनात्मक कार्यहरूमा सोही माध्यमलाई प्रयोग गर्दै बिताउन सके अझ रामोसँग ज्ञान लिन सकिन्छ । सँगसँगै यस समयमा आफ्मो रुचिहरूमा पनि विशेष ध्यान दिएर अगाडि बढ्न सकिन्छ । सामाजिक सञ्जालमा पाइने कयौं कुराहरू जसले आफ्नो सीपको विकास गर्न मदत पुर्याउँछ त्यस्ता कार्यमा पनि यस समयलाई व्यतीत गरी थप गुणस्तरीय बनाउन सकिन्छ ।

यस अवस्थामा घरमै समय बिताइरहेका मानिसहरूले विभिन्न कार्यहरू गर्दै समयलाई अझ उपलब्धिमूलक तरिकाले व्यतीत गर्न सक्छन् । कतिपय मानिसहरू भान्साकोठामा नयाँनयाँ पकवान तथा परिकार बनाइरहेको त कतिपय कथा, कविता, साहित्य रचना, गीत संगीतमा आफ्नो समय बिताईरहेको पनि सामाजिक सञ्जालहरूमा देख्न र पाउन सकिन्छ ।

यस बेलाको उपयोग गर्दै तिनै सामाजिक सञ्जालमार्फत नयाँनयाँ परिकार र पकवान बनाउन सिक्न र सिकाउनसमेत सकिन्छ । त्यस्तै गीत संगीतमा रुचि हुनेहरूले आफ्नो कला अझ तिखार्न यो समय उत्तम हुन सक्छ । नयाँ कार्य सिक्नसमेत यो समयको उपयोग गर्न सकिन्छ ।

कथा, कविता, सहित्य रचना सृजना गर्नसमेत यो समय उपयुक्त हुनसक्छ। त्यस्तै चित्र बनाउन सिक्ने कार्यमा समेत यस समय खÞर्चिन सकिन्छ जसले यस लकडाउनलाई गुणस्तरीय बनाउन मद्दत गर्न सक्छ । त्यस्तै अरूको रचना तथा कृतिहरू पढ्नेसमेत सकिन्छ भने आफ्नै सृजनासमेत गर्न सकिन्छ । त्यति मात्र नभएर विभिन्न खोजमूलक कार्यहरू गर्ने तथा अध्ययन गर्नाले थप ज्ञान बटुलदै यस समयलाई अझ गुणस्तरीय तरिकाले व्यतीत गर्न सकिन्छ । (कोशी अनलाइनबाट साभार)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes