नगरमा कोरोना न्यूनिकरण राहत कोष समन्वय समितिमा २ दलका प्रतिनिधि मनोनित - Pahilo Online

नगरमा कोरोना न्यूनिकरण राहत कोष समन्वय समितिमा २ दलका प्रतिनिधि मनोनित

writer

 

 पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरस्तरीय ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ मा नगरबाट राष्ट्यि मान्यताप्राप्त २ दलका प्रतिनिधि शनिबार मनोनित गरिएको छ ।
समितिको बैठकले यस अघि नै दलका प्रतिनिधि मनोनित गर्ने निर्णय गरेपनि शनिबार नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) बाट दिननाथ तिम्सिना र नेपाली कांग्रेसबाट इश्वर थापाको नामलाई अनुमोदन गरिएको छ ।
नगर प्रमुख दिलीपकुमार राई संयोजक तथा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरी र नगरपालिका कर्मचारी लुकनाथ पोखरेलाई सदस्य रहनु भएको छ ।
नगरस्तरीय राहत व्यवस्थापन तथा वितरण समितिमा पनि २ जना मनोनित हुनु भएको छ । जसमा नेकपाबाट चन्द्रकुमार राई र नेपाली कांग्रेसबाट दुर्गाप्रसाद भट्टराई रहनु भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा यसअघि बनेको ५ सदस्यीय समिति अव ७ सदस्यीय बनेको छ । समितिका अन्य सदस्यहरुमा, ८ नम्बर वडाध्यक्ष बाबुराम दहाल, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत रहनु भएको छ । प्रत्येक वडामा पनि वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत समिति गठन गरिएको छ ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes