विकास निर्माणका योजनाहरु व्यवस्थित एवम् चुस्त रुपमा सञ्चालन गर्न निर्देशन - Pahilo Online

विकास निर्माणका योजनाहरु व्यवस्थित एवम् चुस्त रुपमा सञ्चालन गर्न निर्देशन

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित विकास निर्माणका योजनाहरु व्यवस्थित एवम् चुस्त रुपमा सञ्चालन गर्न नगरको अनुगमन् समितिले निर्देशन दिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले आज नगरका योजनाहरु अनुगमन्का क्रममा कतिपय योजनाहरु चित्तबुझ्दो रुपमा सम्पन्न नगरेको पाएपछि त्यस्तो निर्देशन दिइएको हो ।

उनले लागत स्टिमेट अनुरुप चुस्त रुपमा काम गरी आफ्नो गाउँ वस्तीको विकासमा स्थानीय उपभोक्ताहरुलाई लाग्न आग्रह गरे । प्राविधिक सम्मिलित अनुगमन् समितिले २ लाख ५० हजारको लागतमा भएको वडा नम्वर ८ को विसविघे समालडाँडा तथा नेम्वाङ होली बाटोको स्तरोन्नती, ४ लाखको लागतमा तयार वडा नम्वर ९ को सिरिजंगा आधारभूत विद्यालयको पर्खाल निर्माण र खानेपानी योजनाको पनि अनुगमन् गरेको छ ।

यसैगरी, १ लाख ७२ हजार ५ सयको लागतमा ९ कै हाटखोला पश्चिम अमि शंकरको घर दक्षिण पिपलचोकसम्मको बाटो स्तरोन्नती, ६ नम्वरको शिक्षा सदन विद्यालय पश्चिममा ६ लाख ८० हजारको लागतमा निर्माण भएको कल्भर्टको पनि अनुगमन् भएको छ । सो कल्भर्टमा स्टिमेट अनुरुपको चित्तबुझ्दो काम नभएको समितिले ठहर गरेको छ । यसका साथै अनुगमन्का क्रममा २ लाख ५० हजारको लागतमा ९ नम्वरको मणिकुमार तामाङको घरदेखि काङसोरे चोक निस्कने बाटोको स्तरोन्नतीका ग्राभेल केही कम भएको पनि समितिले उल्लेख गरेको छ ।

त्यस्तै, १ लाखको लागतमा वडा नम्वर ५ स्थित अमरसिंह मावि पश्चिम झोलुङ्गे पुल जाने बाटो ग्राभेल र २ लाखको लागतमा ९ को उदय मादेनको घर हुँदै दिलिप ओख्राबुको घरसम्मको बाटो स्तरोन्नतीको कार्यपनि चित्तबुझ्दो नभएको समितिले पाएको संयोजक वास्तोलाले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes