क्वारेण्टाइनमा राखिएका कसैमा संक्रमण नभेटिएपछि भोलि घर पठाउने तयारी - Pahilo Online

क्वारेण्टाइनमा राखिएका कसैमा संक्रमण नभेटिएपछि भोलि घर पठाउने तयारी

writer

काठमाण्डौ । चीनको वुहानबाट ल्याएर भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जना कसैमा कोरोना भाइरसको संक्रमण नभएको जानकारी विश्वस्त सूत्रले दिएको छ ।

भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनाको र्याल र रगतको दोस्रो पटक गरिएको नमूना परीक्षणमा कोरोना भाइरसको नेगेटिभ अर्थात भाइरसको संक्रमण नभएको पुष्टि भएको स्रोतले जनाएको छ । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ ।

भोलि बिहानसम्म आधिकारिक घोषणा गरेर सबैलाई घर पठाउने तयारी छ । गएको ३ गतेदेखि विश्व स्वास्थ्यको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेकाहरुको हिजो १४ दिन पुगेको छ । यसअघि गएको ४ गते उनीहरुको रगत र र्यालको परीक्षण गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुईहप्ता पछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोश्रोपटक स्वास्थ्य परीक्षण गरिएको थियो ।

गएको ४ गते विहान चीनको वुहानमा रहेका १७५ जना नेपाली विद्यार्थीलाई नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओरालेको थियो । त्यसपछि सिँधै उनीहरुलाई भक्तपुरको क्वारेन्टाईनमा लगेर राखिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes