धनकुटामा १६ वर्षीया किशोरीले पनि गरिन् बाबुको काजकिरिया - Pahilo Online

धनकुटामा १६ वर्षीया किशोरीले पनि गरिन् बाबुको काजकिरिया

writer

धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका २ सान्नेमा बाबुको निधन भएपछि १६ वर्षीया छोरी काजकिरियामा बसेकी छिन्। गत शनिबार पोखराबाट घर फर्कंदै गर्दा सप्तरीको बरमझियामा सवारी दुर्घटनामा ४८ वर्षीय ज्ञानबहादुर कुँवरको निधन भएपछि छोरी विद्यता काज किरियामा बसेकी हुन्। उनी आमा गंगा र हजुरबुबा शान्तबहादुरको साथ कोरामा बसेकी छिन्।

गत आइतबार हुने ज्ञानबहादुरकी आमाको वार्षिकीको लागि घर आउँदै गर्दा दुर्घटनामा परेर उनको निधन भएको थियो। पविारका एक सदस्यको वार्षिकीको तयारीमा रहेका परिवारजनलाई ज्ञानबहादुरको दुर्घटनामा परी ज्यान गएको खबर सुन्दा बज्रपात भएको थियो। उनको पोखराबाट मोटरसाइकलमा घर फर्कंदै गर्दा टिपरको ठक्करबाट घटनास्थलमा नै निधन भएको थियो।

अकल्पनीय खबरले मर्माहत बनेको मृतकका बाबु (विद्यताका हजुरबुबा) शान्तबहादुरले आँशु झार्दै बताए। सुरुमा अशुभ खबर सुनेका उनले घरपरिवारका सदस्यलाई त्यस्तो खबर कसरी सुनाउने भन्ने पीडा भएको सुनाए। ‘जे पर्छ त्यो भोग्नैपर्ने,’ उनले भने, ‘नातिनीले आफै काजकिरियामा बस्छु भनेपछि सबैले स्वीकार र्गयौं।’ उनी पत्नीको निधन भएको वर्ष दिन नपुग्दै छोरालाई गुमाउनु पर्दा शोकमाथि शोकमा परेका छन्। बुबाको निधनको खबरपछि खप्न गाह्रो भए पनि सम्हालिएको विद्यता बताउँछिन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes