ए डिभिजन लिगमा भरतको गोलमा आर्मी शीर्ष स्थानमा, बुसारीको नायकत्वमा सरस्वतीको पहिलो जित - Pahilo Online

ए डिभिजन लिगमा भरतको गोलमा आर्मी शीर्ष स्थानमा, बुसारीको नायकत्वमा सरस्वतीको पहिलो जित

writer

काठमाडौं । कप्तान भरत खवासको गोलमा आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मीले लिगमा अग्रता लिएको छ ।

आर्मीको जितमा भरत खवासले ७४ औ मिनेटमा निर्णायक गोल गरे । उनले डिबक्सभित्र दुई डिफेन्डरलाई छलाउँदै भलीमा गोल गरेका थिए । खेल अवधिभर आर्मीले जावलाखेलमाथि दबाब बनाएपनि गोल निकाल्न भने सकेन । आर्मीमा भरतसंगै नवयुग श्रेष्ठले समेत गोलका धेरै अवसर गुमाएका थिए ।

विजयी गोल गरेका भरत केल्मी ’म्यान अफ दी म्याच’ घोषित भए । जितसंगै आर्मीले ९ खेलबाट २० अंक जोडेको छ । उसले दोस्रो स्थानको मछिन्द्रसंग एक अंकको अग्रता लिएको छ । जावलाखेल १२ अंक सहित लिगको आठौं स्थानमा यथावत छ ।

आजै भएको पहिलो खेलमा सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै सरस्वतीले लिगमा पहिलो जित निकालेको हो । सरस्वतीले लिगमा ९ खेलपछि पहिलो ३ अंक जोडेको हो । सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गरे । यस्तै विनोद केसी र मनिष थापाको नाममा एक एक गोल रह्यो ।

शेर्पाका आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक एक गोल फर्काए । खेलमा सरस्वतीका बुसारी म्यान अफ दि म्याच चुनिए । जितसँगै सरस्वतीले ९ खेलमा ४ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा यथावत रहेको छ । शेर्पा ९ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes