‘ए’ डिभिजन लिगमा थ्री स्टारलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, पुलिसको जितमा भोलाको निर्णायक गोल - Pahilo Online

‘ए’ डिभिजन लिगमा थ्री स्टारलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, पुलिसको जितमा भोलाको निर्णायक गोल

writer

काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई ‘बी’ ले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा सब्सिच्युड खेलाडी रेजिनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । रेजिन २८ औं मिनेटमा दिपक राईको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा विशालले गोल गर्दा मछिन्द्र २–० ले विजयी भयो । जितसँगै मछिन्द्रले ९ खेलमा १९ अंक जोडेको छ । र, उपाधि होड कायम राखेको छ । त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको आर्मीको १७ अंक रहेको छ ।

आजै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले साँघुरो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । विभागीय डर्बी भिडन्तमा पुलिसलाई जित दिलाउन कप्तान भोला नाथ सिलवालले निर्णायक गोल गरे ।

खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् । रबि पासवानको कर्नरमा भरत साहलाई एपीएफका खेलाडीले डिबक्स भित्र फउल गर्दा पुलिसले पेनाल्टी पाएको थियो । जसमा भोलाले सहजै गोल गरे । यस्तै खेल सकिएपछि एपीएफका सुदिप शिख्राकारले रातो कार्ड पाएका थिए । रेफ्री प्रकाश नाथ श्रेष्ठलाई अभद्र व्यवहार गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच चुनिए । एपीएफलाई पराजित गरेसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले ९ खेलमा १४ अंक जोडेको छ । पराजित एपीएफ ९ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस हारसँगै एपीएफलाई रेलिगेसनको दबाब समेत बढेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes