सहिद स्मारक ’ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार शीर्ष तीनमा, अर्को खेलमा जावलाखेलसँग एपीएफ पराजित - Pahilo Online

सहिद स्मारक ’ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार शीर्ष तीनमा, अर्को खेलमा जावलाखेलसँग एपीएफ पराजित

writer

काठमाडौं । ललितपुरे क्लब थ्री स्टार सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको हो । थ्री स्टारलाई जित दिलाउन शुसिल राई, सन्जोग राई र ओलानडिरन हाजमतले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले एक गोल फर्काए ।

खेलमा थ्री स्टारका सन्जोग म्यान अफ दि म्याच चुनिए । जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले ८ खेलमा १४ अंक जोडको छ । शेर्पाले ८ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको ११ औं स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार १० खेलाडीमा सिमित जावलाखेलले विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले हराएको हो । जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे । फोफानाले खेलको ७१ औं मिनेटमा गोल गरेका हुन् ।

खेलमा जावलाखेलका फोडे म्यान अफ दि म्याच चुनिए । एपीएफमाथिको जितसँगै जावलाखेल लिगको पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेलले ८ खेलमा १२ अंक जोडेको छ । पराजित एपीएफ ८ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes