धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३० भन्दा बढी घाइते - Pahilo Online

धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

writer

धादिङ । धादिङको निलकण्ठ नगरपालिका–९ मैलीभञ्ज्याङमा ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । मंगलबार ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिँदा ६ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएको छन् । ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डली माईबाट फर्किने क्रममा ट्रक पल्टिएर भएको दुर्घटनामा मृत्यु भएकाहरुको परिचय खुल्न बाँकी रहेको जनाइएको छ ।

ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका करिब ४० यात्रु सवार रहेको ट्रक तीब्र गतिका कारण मैलीभञ्ज्याङको सडकमै पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते चालकसहित अन्य घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes