सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड र संकटाको बराबरी रोकिए, च्यासलमाथि आर्मीको शानदार जित - Pahilo Online

सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड र संकटाको बराबरी रोकिए, च्यासलमाथि आर्मीको शानदार जित

writer

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा र ब्रिगेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।

दुवै टोलीले पाएको अवसर गुमाउँदा खेल बराबरीमा सकिएको हो । बल पोजिसनमा पकड जमाएपनि संकटाले गोल गर्न सकेन । ब्रिगेडले पनि गोलको केहि अवसर गुमाएको थियो । खेलमा ब्रिगेडका गोलकिपर विशाल सुनार म्यान अफ दि म्याच चुनिए ।

ब्रिगेडसँगको बराबरीसँगै संकटाले शीर्ष ६ मा उक्लने मौका गुमाएको छ । आठौं स्थानको संकटाले ७ खेलमा ९ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ८ अंक जोडेको छ । र, ब्रिगेड लिगको नवौं स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबमाथि शानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासललाई ३–० गोल अन्तरले हराएको हो । लिग लिडर आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । खेलमा आर्मीका कप्तान भरत म्यान अफ दि म्याच चुनिए । जितसँगै आर्मीले लिगमा स्पष्ट ३ अंकको अग्रता बनाएको छ । आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबको ७ खेलमा १३ अंक रहेको छ । लिगमा च्यासलको यो तेस्रो हार हो । च्यासलले ७ खेलमा ६ अंक जोडेको छ । च्यासल लिगको १२ औं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes