सहिद स्मारक ए डिभिजन लिगमा एनआरटी र फ्रेन्ड्स विजयी - Pahilo Online

सहिद स्मारक ए डिभिजन लिगमा एनआरटी र फ्रेन्ड्स विजयी

writer

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी क्लबले जित निकालेको छ । आइतबार भएको खेलमा एनआरटीले विभागीय टिम एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक एक गोल गरे । एपीएफका आशिष लामाले दुई गोल फर्काए । खेलमा एनआरटीका एरिक बिष्ट म्यान अफ दि म्याच चुनिए । जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ७ खेलमा ११ अंक जोडेको छ । एपीएफ ७ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले पुछारको क्लब सरस्वती युथ क्लबलाई ४–१ गोल अन्तरले हराएको हो । फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले दुई गोल गरे । यस्तै साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक एक गोल थपे । सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए ।

सरस्वतीलाई हराएसँगै फ्रेन्ड्सले लिगमा दोस्रो जित निकालेको छ। जितसँगै फ्रेन्ड्सले ७ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ । सरस्वतीको लिगमा यो छैटौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले १ अंक जोडेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes