सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्रको अपराजित यात्रामा पूर्ण्विराम, हिमालयन शेर्पा सँग २–० ले पराजित - Pahilo Online

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्रको अपराजित यात्रामा पूर्ण्विराम, हिमालयन शेर्पा सँग २–० ले पराजित

writer

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लब पराजित भएको छ । शुक्रबार भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २–० गोल अन्तरले पराजित भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपाधि दाबेदार मछिन्द्रको लिगमा यो पहिलो हार हो । शेर्पासँगको हारसँगै मछिन्द्रको अपराजित यात्रामा समेत पूर्ण्विराम लागेको छ । बल पोजिसनमा पकड जमाएपनि मछिन्द्रले पहिलो मिनेटमै गोल खाएको थियो ।

खेलको पहिलो मिनेटमा पिटर सेगुनले आत्मघाती गोल गर्दा शेर्पाले १(० को अग्रता बनाएको थियो । त्यसपछि खेलको २० औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २(० को जित दिलाए । मछिन्द्रले भने खेलमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन । मछिन्द्रले दुवै हाफमा केहि गोलको उत्कृष्ट अवसर भने सिर्जना गरेको थियो । मछिन्द्रलाई हराएरसँगै शेर्पाले लिगमा पहिलो जित निकालेको छ । जितसँगै शेर्पाले ७ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको नवौं स्थानमा समेत उक्लिएको छ । शेर्पाले यस अघि दुई खेलमा हार व्यहोर्दा ४ खेल बराबरी खेलेको थियो ।

मछिन्द्रले ७ खेलमा १३ अंक जोडेको छ । मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ । यस अघि मछिन्द्रले चार खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो । शेर्पासँगको हारसँगै मछिन्द्रको उपाधि होडमा समेत धक्का लागेको छ । खेलमा शेर्पाका विजय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes