कुलुङ जातीको महान् चार्ड चाक्चाकुर भव्यताका साथ सम्पन्न - Pahilo Online

कुलुङ जातीको महान् चार्ड चाक्चाकुर भव्यताका साथ सम्पन्न

writer

अर्पना के.सी
पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरमा बषौदेखी बसोबास गर्दै आएका नेपाल किँरात कुलुङ जातीहरुको महान् चार्ड मिनारी दाचाम चासुम्लो निङदोङ “चाक्चाकुर” येलेदोङ ५ हजार ८० को अबसरमा पथरीशनिश्चरे किरात कुलुङ भाषा उत्थान संघको आयोजनामा कार्यक्रम आज भव्यताका साथ सम्पन्न भएको छ ।

पथरी शनिश्चरे वडा नं ४ को धराने टोलमा कुलुङ समुदायको पहिचान सहितको भूमिपूजा, विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगर उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी यमुना विष्ट बास्तोलाले सगुन ग्रहण गदै उद्घाटन गरेकी थिन । उनले चाक्चाकुर पर्वको शुभकामना सहित नगरमा रहेका सबै जातजातिहरुको पहिचानलाई संरक्षण गर्न तयार रहेको बताएकी छिन् ।

विशिष्ट अतिथि वडा नं ४ का अध्यक्ष गोविन्द बहादुर भण्डारीले शुभकामना सहित यो पर्वलाई जोगाई राख्न र खर्च व्यावस्थापनका लागी वडाको तर्फबाट केहि रकम समेत सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । यस्तै, वडा ८ का अध्यक्ष बाबुराम दाहालले पनि चाक्चाकुर पर्वको शुभकामना दिएकाछन् । विशिष्ट अतिथिहरुमा नेपाल किँरात कुलुङ संघ केन्द्रिय अध्यक्ष चन्द्र सिंह कुलुङ, १ नं प्रदेश कमिटि अध्यक्ष आसाधन कुलुङ र पथरीशनिश्चरे नगर जनजाति महासंघ अध्यक्ष चन्द्रसिह तामाङ, वडा नं १ का अध्यक्ष बाबुराम एङदेन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायीका करुणा कुलुङको विशेष प्रस्तुती सहित, कुलुङ जातीको सिली मगरको हुर्रा, गुरुङको कौडा र जातीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम रहेको थियो । खेलकुद कार्यक्रममा हण्डीफोर मा विजयी ज्ञान बहादुर कुलुङलाई खादा, प्रमाण पत्र र ५ सय पुरस्कार प्रदान गरियो। म्युजिकल चियर र हाउजिङ खेलमा दुवैगर्फ विजयी अमिता कुलुङलाई म्युजिकल चियरमा ५ सय र हाउजिङमा १३ सय नगद पुरस्कार प्रदान गरिएको छ ।

यस्तै कार्यक्रमका अतिथीहरुलाई प्रमाण पत्र, मायाको चिनो टोपी र फेङगा ओडाएर सम्मान गरिएको छ । नगरमा १ सय १० घरधुरी रहेको कुलुङ समुदाय अनुमानित ५ सय जना भन्दा बढी जनसँख्या रहेको छ। कार्यक्रम खड्ग कुलुङको अध्यक्षता र सचिव धनराज कुलुङले संचालन गरेका थिए ।

मा प्रकाशित

1 thought on “कुलुङ जातीको महान् चार्ड चाक्चाकुर भव्यताका साथ सम्पन्न

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes