किन पत्रिकामा राखेर खानु हुँदैन? - Pahilo Online

किन पत्रिकामा राखेर खानु हुँदैन?

writer

मोरङ । पत्रिका, किताब तथा कापीको पानामा सडक छेउमा पाउने विभिन्न खानेकुराहरूका साथ साथै घरमा समेत राखेर खाने गरिन्छ । हामीले राख्ने भाडा नभेटेको खण्डमा पत्रिकामा वा कागजको टुक्रामा खानेकुरासमेत बेर्ने गर्छौं साथै तेलबाट तारेका खानेकुराहरूलाई समेत तिनीहरूको तेल सोछ्नका लागि प्रयोग गरिरहेका हुन्छौं । यस्तो कागजमा बेरेर वा लिएर खाने बानीले स्वास्थ्यमा नकारात्मक असर र्पुयाउने गर्छ ।

पत्रिका तथा कापीहरू छाप्ने बेलामा प्रयोग गरिने विभिन्न प्रकारको मसीले धेरै प्रकारको खतरनाक बायोएक्टिभ तत्वहरूका साथै ब्याक्टेरियाहरू पत्रिकामा माध्यमबाट खानेकुरामा टाँसिन जाँदा स्वास्थ्यमा हानी पुग्छ । मसीमा हानिकारक रंग र रसायनमा हुने माइक्रो अर्गा्निजमले शरीरको हार्मोनलाई प्रभावित गर्ने हुँदा हर्मोनको सन्तुलनमा गडबडी निम्तिन जाँदा शरीरमा थुप्रै रोगले आक्रमण गर्छ ।

यसरी पत्रपत्रिकामा राखेर खाने गर्दा शरीरमा घातक रोग उत्पन्न गर्ने खालको कारक तत्त्वहरू पनि प्रवेश गर्छ । पत्रपत्रिकामा राखेर खाने गर्दा क्यान्सरसमेत हुने सम्भावना बढ्छ । यसले उच्च रक्तचाप, मृगौलाको रोग, फोक्सो र मूत्राशयको क्यान्सर हुने जोखिम बढ्छ । रिसाइकल गर्न मिल्ने कागज तथा कार्डबक्समा फ्थालेट नामक विषालु रसायनले पाचन प्रणालीलाई बिगारेर पेटसम्बन्धी रोगहरू लाग्न सक्छ । रोगसँग लड्ने क्षमतालाई कम गर्ने हुँदा बानीले बच्चा र बूढाहरूलाई विभिन्न रोगहरू निम्त्याउने गर्छ । खानेकुरालाई पत्रिकामा राख्ने चलनसमेत हटाउनु पर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes