फिफा वरियतामा नेपाल तीन स्थान झर्दै १ सय ७० औं स्थानमा - Pahilo Online

फिफा वरियतामा नेपाल तीन स्थान झर्दै १ सय ७० औं स्थानमा

writer

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल तीन स्थान तल झरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थान तल झरेको हो ।

नयाँ वरियता अनुसार नेपाल १ सय ७० औं स्थानमा रहेको छ । यस अघि नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय ८ र १ सय ५५ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय १ र श्रीलंका २ सय ५ औं स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेका छन् । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा रहेको छ । यस्तै क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जे्न्टिना र कोलम्बिया क्रमश छैटौं देखि दशौँ स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes